सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगरमा छाडा चौपाया राख्नका लागि कान्जिहाउस बनाइँदै


  •    /८ श्रावण २०७६, बुधबार १३:०६ 
  • चितवन । रत्ननगर नगरपालिकाले छाडा चौपाया राख्नका लागि कान्जिहाउस निर्माण अन्तिम चरणमा पुर्याएको छ । रत्ननगर नगरपालिका–१६ भूतियाखोलाको छेउमा कान्जिहाउस निर्माण गरिएको हो ।

    नगरपालिका प्रमुख नारायण वनका अनुसार साउन मसान्तसम्ममा पहिलो चरणको काम सकेर छाडा चौपाया राख्न शुरु गरिनेछ । झण्डै एक बिघा जमीनलाई तारबार गरी त्यसभित्र टहरा, टौवा, पानीको व्यवस्था, हेरालु बस्ने ठाउँ निर्माण गरिँदैछ । दूध दिन छाडेका गाई, उन्नतजातको गाईको बाच्छा बजारमा छाडिदिँदा स्थानीयवासीले समस्या भोग्दै आएका छन् ।

    वनका अनुसार नगरपालिकालाई प्रतिपशु रु एक हजार तिरेर कान्जिहाउसमा छोड्न सकिनेछ । कान्जिहाउसमा रहेका राम्रा पशुलाई खरीद गरेर पाल्ने व्यवस्था पनि मिलाइने छ । त्यहाँ रहेका पशुको दानापानी, रेखदेखसँगै आवश्यक उपचार पनि गरिने वनले बताउनुभयो । नगरपालिकाभित्र छाडा चौपायाको समस्या बढेपछि पशु अधिकारकर्मी, राजनीतिक दललगायतसँगको छलफलपछि कान्जिहाउस निर्माण थालिएको वनको भनाइ छ ।

    रत्ननगर क्षेत्र दुग्ध उत्पादनका लागि उर्वर मानिन्छ । पछिल्लो समय उन्नतजातका गाई पाल्ने क्रम बढेको छ । ती गाईका दूध दिन छाडेपछिका माउ र बाच्छो प्रयोगमा आउँदैनन् । जसका कारण कृषकले त्यस्ता पशु छाडा छोड्दा समस्या हुँदै आएको छ । पशु थपिँदै गएपछि थप टहरा निर्माण गरिँदै लगिने नगरपालिकाले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.