सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिरोमा पुरिएका नौ जनाको शव निकालियो, चार अझै बेपत्ता


  •    /७ श्रावण २०७६, मंगलवार २२:५१ 
  • बुटवल । गुल्मीमा पहिरोमा पुरिएकामध्ये नौ जनाको शव फेला परेको छ । गए रातिदेखिको अविरल वर्षाका कारण पहिरोले पुरिएर गुल्मीकोे सत्यवती गाउँपालिका–३ सिङ्धिमा तीन जनाको र वडा नं ४ मा छ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

    पहिरोमा पुरिएका अन्य चार जना अझै बेपत्ता रहेकासमेत उहाँले बताउनुभयो । अविरल वर्षाका कारण गए राति वडा नं ३ को ठूलो लुम्पेकमा ३४ वर्षीया दिलकुमारी तरामु, उहाँका छोरा नौ वर्षीय दर्शन तरामु र ६३ वर्षीय दुर्गा सिंजालीको शव पहिरोबाट निकालिएको छ । सो वडामा पहिरोमा परेका १६ वर्षीया बबि विक र ४३ वर्षीया माया विक अहिलेसम्म फेला परेका छैनन् ।

    यस्तै वडा नं ४ अन्तर्गत लिम्घामा गएको पहिरोमा पुरिएका छ जनाको शव निकालिएको र अन्य दुई जना हराइरहेका प्रजिअ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सो स्थानमा १० वर्षीय हिमांसु विक, २९ वर्षीया पम्फा विक, ३२ वर्षीया निर्मला विक, १२ वर्र्षीया अञ्जली विक, ६० वर्षीया छल्ली विक र १० वर्षीया सिमानी विकको शव फेला परेको छ । सो स्थानमा आठ वर्र्षीया तारा विक र एक नाबालक सुमन अहिलेसम्म फेला परेका छैनन् ।

    उक्त क्षेत्रमा पहिरोले पूरै गाउँ नै जोखिममा रहेकाले वडा नं. ४ का प्रभावित स्थानियवासी करीब एक हजार सर्वसाधारणलाई स्थानीय राम माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ । यस्तै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तथा स्थानीयसमेत उद्धारमा खटिएका प्रजिअ पौडेलले जानकारी दिनुभयो । पहिरोका कारण वडा नं ३ का बाध, क्रुर र कसुन्थलामा बढी क्षति पुगेको उहाँले बताउनुभयो ।

    यस्तै वडा नं ३ का करीब सय घरमा क्षति पुगेको र प्रभावित सर्वसाधारणलाई स्थानीय सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको सोही वडाका वडाध्यक्ष दानबहादुर रानाले जानकारी दिनुभयो । प्रजिअ पौडेलका अनुसार भौगोलिक विकटताका कारण सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थलमा केही समयमै पुग्ने र पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने कामसमेत भएको छ । पहिरोमा कयौँ चौपायासमेत पुरिएका छन् ।

    विपद्मा परेकाका लागि राहत सामग्री र औषधिसहित चिकित्सकहरूको टोलीसमेत घटनास्थलमा पठाइसकिएको र मृतकका शवको पोष्टमार्टम सोही स्थानमै गर्ने व्यवस्था मिलाइएको समेत उहाँले बताउनुभयो । लगातार पानि परिरहेको र ठाउँ–ठाउँमा पहिरोले बाटोसमेत भत्किएकाले घटनास्थलमा उद्धारमा कठिनाइ रहेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो ।

    मन्त्रीहरू राहतसहित प्रभावित क्षेत्रमा

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल राहतसहित पहिरो प्रभावित क्षेत्रमा पुग्नुभएको छ । मन्त्री ज्ञवाली, गृह मन्त्रालयका सह–सचिव इन्दु घिमिरेसहितको टोली प्रभावित क्षेत्रतर्फ जानुभएको छ भने सामाजिक विकासमन्त्री बराल औषधि, टेन्ट, भाडाकुडासहित राहत सामग्रीसहित प्रभावित क्षेत्रतर्फ जानुभएको छ ।

    मन्त्री ज्ञवाली र बरालले सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा पहिरोमा पुरिएर मृत्यु हुनेहरूप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारमा जुटन सबैमा आग्रह गर्नुभएको छ । गुल्मी क्षेत्र नम्बर १ मा पर्ने उक्त स्थान ज्ञवाली र बरालको निर्वाचन क्षेत्र हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.