सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दूरदर्शी सोचका साथ सरकार अघि बढ्नु पर्छ : पाण्डे


  •    /७ श्रावण २०७६, मंगलवार २२:४२ 
  • चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले सरकारले दूरदर्शी सोचका साथ योजना ल्याउनुपर्ने बताउनुभएको छ । कम्युनिष्ट पार्टीका संस्थापक नेता स्व पुष्पलालको ४१ औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आउँदा दिनमा कस्तो समाज निर्माण गर्ने र विश्वको परिवर्तनलाई कसरी सामना गर्ने भन्ने सरकारले समयमानै सोच्नुपर्ने बताउनुभयो ।

    विश्वमा कम्युुनिष्ट पार्टीहरू क्रान्ति गर्न सक्ने तर सरकार सञ्चालन गर्न असफल भएको अवस्थाबाट नेपालले पाठ सिक्नु पर्ने उहाँको भनाइ थियो । विश्व राजनीतिको इतिहासलाई हेरेर वर्तमान सरकारले कार्यशैलीमा परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उहाँले क्रान्ति गर्न कम्युनिष्ट अगाडि भए पनि सरकार सञ्चालनमा विश्वमा असफल रहेको बताउनुभयो । कार्यशैलीमा परिवर्तन गर्न नसके समस्या पर्ने भन्दै नेता पाण्डेले अबको समाज कस्तो बनाउने भन्ने विषयमा पार्टी भित्र छलफल हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालले पुष्पलालका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि बुद्धिजीवी रमाकान्त सापकोटा र डा भीमराज अधिकारीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रम पुष्पलाल स्मृति प्रतिष्ठान चितवनका उपाध्यक्ष यमुना न्यौपानेको अध्यक्षतामा भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कक्षा पाँचको परीक्षा नगरस्तरीय बनाउँदै कालिका नगरपालिका, शुक्रबार ‘बुक फ्रि’
    सांसदको संख्या घटाऔं, गैरसांसद मन्त्री नियुक्त गरौं: नारायणकाजी श्रेष्ठ
    २० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सकियो
    • हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध
    • संरचनात्मक सुधारमा सरकार कठोर होस्, प्रमुख प्रतिपक्षी दलको समर्थन रहन्छ: पूर्वअर्थमन्त्री शर्मा
    • सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति
    • गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.