सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दूरदर्शी सोचका साथ सरकार अघि बढ्नु पर्छ : पाण्डे


  •    /७ श्रावण २०७६, मंगलवार २२:४२ 
  • चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले सरकारले दूरदर्शी सोचका साथ योजना ल्याउनुपर्ने बताउनुभएको छ । कम्युनिष्ट पार्टीका संस्थापक नेता स्व पुष्पलालको ४१ औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आउँदा दिनमा कस्तो समाज निर्माण गर्ने र विश्वको परिवर्तनलाई कसरी सामना गर्ने भन्ने सरकारले समयमानै सोच्नुपर्ने बताउनुभयो ।

    विश्वमा कम्युुनिष्ट पार्टीहरू क्रान्ति गर्न सक्ने तर सरकार सञ्चालन गर्न असफल भएको अवस्थाबाट नेपालले पाठ सिक्नु पर्ने उहाँको भनाइ थियो । विश्व राजनीतिको इतिहासलाई हेरेर वर्तमान सरकारले कार्यशैलीमा परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उहाँले क्रान्ति गर्न कम्युनिष्ट अगाडि भए पनि सरकार सञ्चालनमा विश्वमा असफल रहेको बताउनुभयो । कार्यशैलीमा परिवर्तन गर्न नसके समस्या पर्ने भन्दै नेता पाण्डेले अबको समाज कस्तो बनाउने भन्ने विषयमा पार्टी भित्र छलफल हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालले पुष्पलालका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि बुद्धिजीवी रमाकान्त सापकोटा र डा भीमराज अधिकारीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रम पुष्पलाल स्मृति प्रतिष्ठान चितवनका उपाध्यक्ष यमुना न्यौपानेको अध्यक्षतामा भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.