सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गृहिणीहरुलाई डल तथा कुशन बनाउने तालिम


  •    /७ श्रावण २०७६, मंगलवार १७:४४ 
  • चितवन । गृहिणीहरुलाई व्यावसायिक र आत्मनिर्भर बनाउने उद्धेश्यले भरतपुरमा डल तथा कुसन बनाउने एक हप्ते तालिम सञ्चालन गरिएको छ । मिसेस चितवन सिजन २ की थर्ड रनर अप प्रतिक्षा पन्तको व्यक्तिगत आयोजनामा गत आइतबारदेखि तालिम सञ्चालन गरिएको हो ।

    तालिममा ३४ जना सहभागी छन् । तालिम उद्घाटनमा भरतपुर महानगरपालिकाका उप प्रमुख पार्वती शाहले गृहिणी दिदी बहिनीहरुलाई स्वरोजगार बनाउने उद्धेश्यले आयोजना गरिएको तालिम अत्यन्तै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । तालिम उद्घाटनमा प्रमुख अतिथि रहनुभएकी उप प्रमुख शाहले यस किसिमका कार्यक्रमले सकारात्मक सोचको अभिवृद्धि हुनुका साथै स्वावलम्वन र आत्मनिर्भर बनाउन सघाउ पुग्ने बताउनु भयो ।

    भरतपुर–१२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा सञ्चालित तालिम उद्घाटनमा ग्रीनल्याण्ड पब्लिक स्कुलका प्रिन्सिपल इन्दिरा कार्की, मिसेस चितवन सिजन २ की विजेता जमुना श्रेष्ठ, दुर्गा घिमिर र मीना झाले तालिमले महिलाहरुमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.