सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा गत आवमा पाँच वर्षयताकै थोरै मुद्दा फैसला


  •    /७ श्रावण २०७६, मंगलवार १६:०३ 
  • चितवन । गत आर्थिक वर्षमा चितवन जिल्ला अदालतले विगत पाँच वर्षको तुलनामा कम मुद्दा फैसला गरेको छ ।

    अदालतले गत आर्थिक वर्षमा दर्ता भएका र जिम्मेवारी सरेर आएका गरी तीन हजार ९२१ मुद्दामध्ये दुई हजार ३५८ थान (६० दशमलव १४ प्रतिशत) मुद्दामात्र फर्छ्यौट गरेको हो । अदालतले आव २०७४/०७५ मा ६९ दशमलव ६५ प्रतिशत, ०७३/०७४ मा ७३ दशमलव ०४ प्रतिशत, ०७२/०७३ मा ७५ दशमलव ७८ प्रतिशत, ०७१/०७२ मा ६८ दशमलव ७८ प्रतिशत र ०७०/०७१ मा ६० दशमलव ५५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको थियो ।

    यसअघिका वर्षहरुमा मुद्दाको सङ्ख्या चार हजार ३१२ सम्म पुगेको थियो । गत आवमा एक न्यायाधीश आर्थिक वर्षकै बीचमा सरुवा भएर गएका र सो स्थानमा अन्य न्यायाधीश नपठाउनाले पनि न्यायिक सम्पादनमा कठिनाइ परेको थियो ।

    जिल्ला न्यायाधीश विनोदकुमार गौतमले नयाँ कानूनबाट भएको अवरोध, कानूनी अभ्यस्थताको कमी, अदालतमा रहेका २४ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा टुङ्गो लगाउनका लागि एक वर्ष कुर्नुपर्ने अवस्था, दक्ष जनशक्तिको अभावलगायत कारणले न्यायिक सम्पादनमा अघिल्ला वर्षको तुलनामा कम प्रगति देखिएको जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
    नारायणी सिँचाइ: जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो
    स्याउका बोट सेताम्मे
    • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    • अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा विदेशस्थित नेपाली नियोगमा विविध कार्यक्रम
    • पेट्रोलियम पदार्थको मूल्यवृद्धि
    • कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.