सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गुल्मीमा घरमा पहिरो खस्दा सुतिरहेका ६ जनाको ज्यान गयो


  •    /७ श्रावण २०७६, मंगलवार १२:१० 
  • गुल्मी । गुल्मीमा गएरातिदेखि परेको अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर घरमा सुतिरहेका ६ जनाको ज्यान गएको छ । पहिरोमा परि दुई जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ र ४ का घर पहिरोले पुरिँदा ६ जनाको ज्यान गएको हो ।

    गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार वडा नम्वर ३को ठूलोलुम्पेक कसिन डाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षीया तीलकुमारी त्रामु र ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको हो । त्यसैगरी वडा नम्बर ४ को लिम्घामा पहिरोले घर पुरिदा ६५ वर्षीया छल्लली बिक, २८ वर्षीया पम्फा बिक, १२ वर्षीया अञ्जली बिक र १० वर्षीय हेमन्त बिकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभएको छ ।

    प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार पहिरोमा परी वडा नम्वर ४ कि १० वर्षीया करिश्मा त्रामु र १३ वर्षीय धनी त्रामु घाइते भएका छन् । उद्धारका लागि सेना, प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको पौडेलले बताउनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.