सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरीमा डुबेर तीन युवतीको मृत्यु


  •    /६ श्रावण २०७६, सोमबार ११:०२ 
  • लमही । दाङमा पोखरीमा डुबेर तीन युवतीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर तीन किशोरीको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आइतबार साँझ ७ः४५ बजेतिर पोखरीमा नुहाउने क्रममा घोराही उपमहानगरपालिका–१८ अम्बापुर निवासी १९ वर्षीया वसन्ता विक, घोराही–१८ सालघारी निवासी १९ वर्षीया झरणा विक र झरनाकी १६ वर्षीया बहिनी अमृताको मृत्यु भएको हो ।

    उनीहरुलाई पोखरीमा डुबेको अवस्थामा प्रहरीले उद्धार गरी उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो । प्रतिष्ठानमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.