सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरपालिकाको नयाँ नीति, एक वडा एक रङ्ग


  •    /४ श्रावण २०७६, शनिबार १५:३३ 
  • चितवन ।

    भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको हो ।

    महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार यसै आर्थिक वर्षबाट निर्माण हुने तथा निर्माण भइसकेका भवनमा तोकिएको रङ लगाई सकेपछि मात्र भवन निर्माण सम्पन्नता प्रमाणपत्र प्रदान गर्ने नीति लिइने छ । पहिलो चरणमा वडा कार्यालयलाई रङको चयन गर्न लगाइँदै छ ।

    सोहीअनुरुप रङ प्रदान गर्न सक्ने वा नसक्ने विषयमा विक्रेतासँग समेत छलफल गरी काम अघि बढाइने सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरलाई व्यवस्थित, सुन्दर र आकर्षक बनाउन एक वडा एक रङ महत्वपूर्ण हुनेछ । यसले महानगरलाई स्मार्ट बनाउन टेवा पुग्ने जनाइएको छ ।

    चालू आर्थिक वर्षको शुरुआती चरणबाट कामलाई अघि बढाइने उहाँको भनाइ छ । महानगरभित्र सामूहिक आवास भवन (अपाटमेन्ट) निर्माण गर्नेलाई नक्सापासमा आधा छुट र अण्डरग्राउण्ड पार्किङ भएको भवनमा १५ प्रतिशत छुट गर्ने व्यवस्थासमेत गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.