सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणी नदीमा मिनी पानीजहाज सञ्चालन गर्ने तयारी


  •    /४ श्रावण २०७६, शनिबार १५:२३ 
  • चितवन ।
    नारायणी नदीमा क्रुजसिप (मनी पानीजहाज) सञ्चालन गर्ने तयारी गरिएको छ । दुई सय जना पर्यटक राखेर घुमाउने लक्ष्यका साथ क्रुज सञ्चालन गर्न लागिएको हो ।

    क्रुज संचालन गर्ने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालीले शनिबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी दशैं अगाडि क्रुज सञ्चालनमा ल्याईने जानकारी दिएको हो । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा क्रुजसिप सञ्चालन गर्न लागिएको सो अवसरमा जानकारी दिईयो ।

    प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न सकिने देखिएपछि काम थालिएको बताउनुभयो । निर्माणको काम अन्तिम चरणमा पुुगिसकेकाले दुई महिनापछि अर्थात दशैं अघि सञ्चालनमा ल्याउने तयारीका साथ काम भईरहेको उहाँले जानकारी दिनुभयो ।

    भरतपुर महानगरपालिका वडा नम्वर १६ स्थित ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाट बगरमा पोर्ट (बन्दरगाह ) र क्रुज निर्माण भइरहेको छ । ज्ञानेश्वर सामुदायिक वनसँग २० वर्षको सम्झौता गरी क्रुज निर्माण गरिएको कँडेलले जानकारी दिनुभयो । पोर्ट र क्रुज निर्माण गरी सञ्चालन गर्न करिव रु. ३५ करोड लागत लाग्ने अनुमान गरिएको दावी कँडेलले गर्नुभयो ।

    क्रुज पर्यटकीय प्रयोजनका लागि मात्र हुने छ । क्रुज दिनमा तीन सिप्mट सञ्चालन हुनेछ । पर्यटकलाई बिहानको ब्रेकफाष्ट, अपरान्ह लन्च र साँझ डिनर खुवाउँदै नदीमा सयर गराईने लक्ष्य रहेको कँडेलले बताउनुभयो ।

    प्रत्येक क्रुजिङ्ग करिब ३ घण्टाको हुनेछ । काभ्रेघाटदेखि उत्तरतर्फ देवघाटसम्म र पश्चिममा गोलाघाटसम्म पर्यटकलाई पु¥याउने लक्ष्य रहेको छ । पर्यटकले देवघाटमा धार्मिक स्थल र गोलाघाटमा दुर्लभ वन्यजन्तुको अवलोकन गर्न पाउनेछन् ।

    क्रुज दुई सय जना क्षमताको हुनेछ । दुई तल्ले उक्त क्रुज १ सय फिट लम्बाइ र २५ फिट चौडाइएको हुनेछ । क्रुजको भुईतला वातावरण अनुकुलित हुनेछ भने माथिल्लो तल्ला खुल्ला रहने छ ।

    क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्व तयारी गरिरहेको कँडेलले बताउनुभयो ।

    क्रुज जल प्रवाहको मापन, प्रकोपका चुनौतीहरुको अध्ययन र वातावरणीय प्रभाव मुल्यांकन पश्चात नर्वेजियन प्रबिधिको प्रयोगबाट भारतीय प्राबिधिकहरुको सहयोगमा निर्माण भईरहेको छ । निर्माणको जिम्मा लिएको भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलका निर्देशक ओजस सेवा स्टियमले लामो समयदेखि भारत, मलेसिया, श्रीलंका, दुबई, सिंगापुर लगायतका देशमा आफूहरुले सफलतापूर्वक क्रुज निर्माणको काम गरिसकेकोले नारायणी नदीमा सफलतापूर्वक क्रुज सञ्चालनमा ल्याउने बताउनुभयो । क्रुजमा दुई वटा इञ्जिन रहने छन् । क्रुजको १ दशमलब ८ किलोमिटर प्रतिघण्टाको गति रहने छ ।

    क्रुज निर्माण गतवर्षको चैतबाट थालिएको हो । यो निर्माणका लागि १५ फिट गहिरो पोखरी निर्माण गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.