सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सङ्खुवासभाको जिल्ला अस्पताललाई दश लाखको स्वास्थ्य सामग्री सहयोग


  •    न्युजभित्तो/२३ असार २०७८, बुधबार १५:४७ 
  • किमाथाङ्का, २३ असार । सङ्खुवासभाको जिल्ला अस्पताललाई रु १० स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण भएको छ । वनहर्ट वल्र्डवाइड संस्थाले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला अस्पताल सङ्खुवासभालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

    वनहर्ट वल्र्डवाइडले कोभिड–१९ न्यूनीकरणका लागि सहयोग गर्ने उद्देश्यले रु १० लाख ६३ हजार ५७९ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

    उक्त संस्थाले अक्सिजन कन्सन्ट्रेटर र ब्याट्रीसहित पाँच, भोल्टेज रेगुलेटर दुई, मास्क एक हजार ५००, मल्टीभिटामिन १८ हजार, फेस सिल्ड २४० थान, ग्लोब्स, पिपिईलगायत १६ प्रकारका विभिन्न स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको वनहर्ट वल्र्डवाइड संस्थाका जिल्ला प्रतिनिधि प्रदीप घिमिरेले जानकारी दिनुभयो ।

    कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत वर्षसमेत वनहर्ट वल्र्डवाइड संस्थाले गरेको सहयोग सराहनीय भएको जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले बताउनुभयो ।

    जिल्लामा चार वर्षदेखि कार्यरत संस्था वनहर्ट वल्र्डवाइडले कोरोना महामारीलाई लक्षित गरेर स्वास्थ्य सामग्री सहयोग गरेकामा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शाक्यले धन्यवाद दिनुभयो । वनहर्ट वल्र्डवाइडले बर्थिङ सेन्टरको अध्ययन गरेर सामग्री दिनुमा निकै ठूलो भूमिका रहेको समेत उहाँले बताउनुभयो ।

    त्यसैगरी कार्यक्रममा सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले तुलनात्मक रूपमा कोरोना सङ्क्रमितहरू नेपालमा पछिल्लो समय घट्ने क्रममा रहेको बताउँदै विभिन्न दाताले दिएको स्वास्थ्य सामग्रीलाई सही ढङ्गले सदुपयोग गर्नसमेत अनुरोध गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.