सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

६ महीनामा ५४ एचआइभी सङ्क्रमित भेटिए


  •    /३ श्रावण २०७६, शुक्रबार ११:४५ 
  • चितवन । सन् २०१९ को छ महीनामा चितवन जिल्लामा ५४ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।

    योसँगै जिल्लामा अहिले एक हजार ७६४ सङ्क्रमित पुगेको भरतपुर अस्पतालमा रहेको एन्टी रेट्रो भाइरल थेरापी सेवा केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उनीहरुमध्ये ८८९ ले नियमित औषधि सेवन गर्दै आएका छन् । अन्य जिल्लाबाट चितवनमा स्थानान्तरण भई आएका ७८ सङ्क्रमितले पनि केन्द्रबाट सेवा लिइरहेका छन् । सन् २०१८ को अन्त्यमा जिल्लामा एक हजार ६८५ सङ्क्रमित थिए । सन् २०१८ मा १७ हजार ११० को परीक्षण गरिएकामा १११ नयाँ सङ्क्रमित भेटिएका थिए । अस्पतालमा आउने सङ्क्रमितलाई अहिले अस्पतालमै रहेको एएचएफ नेपालले सहयोग गर्दै आएको छ ।

    केन्द्रका स्रोतव्यक्ति डा युवानिधि वस्यौलाले सङ्ख्या हेर्दा घट्दो देखिए पनि खुलेर आउनेको सङ्ख्या भने कम रहेको बताउनुभयो । जिल्लामा रहेका सबै केन्द्रबाट औषधि नलिने गरेका कारण उनीहरुमा आएको सुधारको विषयमा जानकारी लिन कठिन हुने गरेको उहाँको भनाइ छ । विशेषगरी भरतपुर अस्पतालमा आएर औषधि लिनेहरु बाहिरी जिल्लाको बढी रहेका उहाँले बताउनुभयो । मकवानपुर, नवलपरासी धादिङलगायतका जिल्लामा रहेका सङ्क्रमित चितवन आएर औषधि लाने गरेका र उनीहरुलाई एकदेखि दुई महीनाका लागि औषधि पठाउने गरेको डा वस्यौलाले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता
    कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’
    निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
    • सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम
    • बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
    • प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट
    • झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.