सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढीबाट बारा र पर्सामा एक अर्बको अन्नबाली नष्ट


  •    /२ श्रावण २०७६, बिहीबार २३:२० 
  • वीरगञ्ज । बाढीबाट बारा र पर्सामा रु एक अर्बभन्दा बढीको अन्नबाली नष्ट भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र पर्साका अनुसार बाढीबाट जिल्लामा एक हजार २५० हेक्टर क्षेत्रफलमा लगाइएको रु ४४ करोड ८८ लाख बराबरको चैतेधान नष्ट भएको छ ।

    यस्तै २७१ हेक्टरमा लगाइएको धानको बेर्ना, १०७ हेक्टरमा लागाइएको तरकारीबाली, २३१ हेक्टरमा लगाइएको अन्नबाली तथा ४६ हेक्टरमा लगाइएको मकैबाली नष्ट भएको कृषि ज्ञान केन्द्रका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिनुभयो । बाढीका कारण २६७ हेक्टरमा रोपाइँ गरेको धानबाली, धानको बेर्ना र सञ्चित गरिएको मकैसमेत नष्ट भएको छ ।

    बाढीबाट सबैभन्दा बढी पर्साको पकहामैनपुर, ठोरी, विन्दबासिनी र छिपहरमाई गाउँपालिका तथा बहुदरमाई, पोखरीया र पर्सागढी नगरपालिकामा अन्नबाली र तरकारीबाली नष्ट भएको छ ।

    यस्तै बाढीबाट बारामा रु ५० करोडभन्दा बढीको अन्नबाली र तरकारीबाली नष्ट भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । बाढीबाट आठ हजार हेक्टरमा लगाइएको चैतेधान, १५ हजार हेक्टरमा लगाइएको वर्षेधान, दुई हजार हेक्टरमा लगाइएको मकैबाली तथा दुई हजार ५०० हेक्टरमा लगाइएको तरकारीबाली नष्ट भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.