सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बँदेलले मकै सखाप पारेपछि किसान चिन्तित


  •    न्युजभित्तो/१९ असार २०७८, शनिबार १५:५१ 
  • दुल्लु, १८ असार । दैलेखका दर्जनभन्दा बढी बस्तीमा जङ्गली बँदेलको बथान छिरेर लगाइएको मकैबाली सखाप पार्न थालेपछि किसान चिन्तित भएका छन् । महाबु, भैरवी गाउँपालिका, दुल्लु नगरपालिका र नारायण नगरपालिकाका दर्जनभन्दा बढी बस्तीमा लगाइएको घोगा निस्कनै लागेको अबस्थामा रहेको मकैबालीमा बँदेलको बथान छिरेर सखाप पार्न थालेपछि किसान चिन्तित भएका हुन् ।

    जिल्लाको भैरबी गाउँपालिका–२ मा पर्ने चिन्तामय, वडा नं १ मा पर्ने महतारा गाउँ, जडाह घर बस्ती, गोग्न, देउताडा र जलजले महाबु गाउँपालिका–२ मापर्ने ताराचौर, घोगेपाटा, किमुखाडा, डुउग्री र पिपलपाटा, दुल्लु नगरपालिका–१० मापर्ने बिजौरा, नाबिस्थान, मेहेल्पानी र नारायण नगरपालिका–१ मा पर्ने पिडाल्ने, कुइकाना र धुल्पुर र २ मा पर्ने गैरामाल्ली, कुसांडा, पाथिकाल्ला, अयाकाटिया, बागमारे, किमेनी, सुपितारा र तल्लो जारकोटलगायतका दर्जनभन्दा बढी बस्तीमा बादेलको समूह पसेर लगाइएको मकैबाली तहसनहस पारेको छ ।

    बस्ती नजिकैको जङ्गलबाट आउने गरेको बँदेलको बथानले मकैबाली सखाप पारेको नारायण नगरपालिका–२ का राजकुमार थापाले बताउनुभयो । दिनभरि जङ्गलमा बस्ने र रातपरेपछि बारीमा आएर खेती तहसनहस बनाउने गरेको उहाँको भनाइ छ । वर्षेनि बँदेलले बालीन नोक्सानी गरेपछि यसबारेमा पटकपटक सरोकारवाला निकायमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो ।

    उहाँ भन्नुहुन्छ, “बँदेलकै कारण अब बस्ती नै छाडेर बसाइ सर्नुपर्ने अवस्था सिर्जजना भएको छ ।” कति किसान त मकै जोगाउन बारीमै रातभर जाग्रामसमेत बस्ने गरेको भैरवी— १ का गगन योगीले बताउनुभयो । बँदेलले मकैबाली मात्रै होइन, घैया र धानबाली पनि नष्ट गर्ने गरेको उहाँको भनाइ छ । पीडित किसानको क्षतिको विवरणको लगत सङ्कलन गरिने र केही राहतका लागि सिफारिस गरिने भैरवी गाउँपालिकाका प्रमुख प्रेमबहादुर बुढाले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.