सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतमा थप ४४ हजार १११ नयाँ सङ्क्रमित, सक्रिय सङ्क्रमित पाँच लाखभन्दा कम


  •    न्युजभित्तो/१९ असार २०७८, शनिबार १३:४४ 
  • नयाँ दिल्ली, १९ असार । भारतमा कोरोनाभाइरसबाट थप ४४ हजार १११ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ७३८ जनाको मृत्यु भएको छ ।

    सोही अवधिमा ५७ हजार ४७७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    भारतमा पछिल्ला केही हप्तादेखि दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै देखिदै गएको छ । सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै हुँदा सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरूको सङ्ख्या पनि कम हुदै गएको छ ।

    भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या ९७ दिनपछिको सवैभन्दा थोरै पाँच लाखभन्दा कम भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले चार लाख ९५ हजार ५३३ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामा रहेका छन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड पाँच लाख दुई हजार ३६२ पुगेको छ ।

    कुल सङ्क्रमित मध्ये दुई करोड ९६ लाख पाँच हजार ७७९ जना कोरोनाभाइरसबाट मुक्त भएका छन् भने चार लाख एक हजार ५० जना कोरोनाभाइरसबाट पराजित भएर जीवन गुमाएका छन् । यसरी हेर्दा भारतमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ९७.०६ प्रतिशत रहेको छ । यो अुनपात पछिल्लो समय बढ्दै गइरहेको पाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.