सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन जिल्लामा ७६ कोरोना सङ्क्रमित थपिए


  •    न्युजभित्तो/१८ असार २०७८, शुक्रबार १५:५९ 
  •  चितवन,१८ असार । जिल्लामा पछिल्ला चौबिस घण्टामा ७६ जनाको कोरोना सङ्क्रमित थपिएका छन् । थपिनेमा ४२ जना पिसिआर बिधिबाट र ३४ जना एण्टिजिन प्रबिधिबाट पुष्टि भएको हो । यो संगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या १ हजार २ सय २० पुगेको छ ।
    जस मध्ये १ हजार ८७ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय २ जना अस्पतालमा उपचररत रहेका छन् । कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार ३१ जना सार्बजनिक आइसोलेसनमा रहेका छन् । जिल्लामा आज मात्रै ८४ जना निको भएर घर फर्कीएका छन् ।
    जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका सङ्क्रमित मध्ये २ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मृत्यु हुनेमा चितवन मेडीकल कलेजमा एक जना र भरतपुर अस्पतालमा एक जना रहेका छन् । चितवन मेडीकल कलेजमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की महिला र भरतपुर अस्पतालमा बैतडिका बिरामीको मृत्यु भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.