सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै, एक वर्षमा १४६ले ज्यान गुमाए


  •    /२ श्रावण २०७६, बिहीबार १०:५३ 
  • चितवन । गत आर्थिक वर्षमा चितवनमा सवारी दुर्घटनाका कारण १४६ ले ज्यान गुमाएका छन् । जिल्लामा भएका २९५ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो ।

    अघिल्लो आर्थिक वर्षमा २७१ दुर्घटनामा १३२ को मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार अघिल्लो वर्षभन्दा गत वर्ष २४ दुर्घटना बढेर १४ बढी मानिसको मृत्यु भएको छ ।

    दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गरिएको भए पनि दुर्घटनाको क्रम भने रोकिएको छैन । गत आर्थिक वर्षमा भएका दुर्घटनामा ४५३ सवारीसाधन परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार गत वर्ष भएका सवारी दुर्घटनामा परी ५५८ घाइते भएका छन् ।

    जिल्लामा भएका सवारी दुर्घटनामध्ये मोटरसाइकल बढी रहेको छ । गत वर्ष २०५ मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै ८० ट्रक तथा ट्याङ्कर, ५३ बस, ५२ जिप/कार दुर्घटनामा परेको कार्यालयको तथ्याङ्कले देखाएको छ । यस्तै कार्यालयले गत आवमा ४० हजार २९ सवारीलाई कारवाही गरी रु तीन करोड सात लाख ६६ हजार ५०० राजश्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ४५ हजार १५० सवारीसाधनलाई कारवाही गरी रु तीन करोड ३६ लाख ८७ हजार ५०० राजश्व सङ्कलन गरेको थियो ।

    कारवाहीको सङ्ख्या हेर्ने हो भने जनचेतनाका कारण घट्दै गएको तर दुर्घटना न्यूनीकरण गर्न नसकेको प्रमुख गिरीले बताउनुभयो । हलुका सवारीसाधनको तीव्रगतिका कारण दुर्घटना बढी हुने गरेको उहाँले जानकारी दिनुभयो । बढ्दो सवारीको चाप र साँघुरा सडकका कारण भित्री सडकमा बढी सङ्ख्यामा दुर्घटना भएको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.