सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिलो चरणका हजयात्रीको बिदाइ


  •    /२ श्रावण २०७६, बिहीबार १०:३९ 
  • काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री थापालगायतका मन्त्रीहरुले एक सय ५६ हजयात्रीलाई बिदाइ गर्नुभएको हो ।

    आज पहिलो चरणमा उनीहरु हज गर्नका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् । सो अवसरमा गृहमन्त्री थापाले धर्मनिरपेक्ष मुलुक नेपालले सबै धर्मलाई सम्मान गर्ने भएकाले मुस्लिम समुदायलाई पनि हज गर्नका लागि मक्कामदिना पठाइएको बताउनुभयो ।

    गृहमन्त्री रामबहादुर थापा साउदी अरबको मक्कामा हजका लागि जाने नेपाली मुस्लीम धर्मालम्वीलाई बिहीवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाई गर्दै ।

    उहाँले मक्कामदिनामा गएर हजयात्रीले नेपालको समृद्धिका लागि प्रार्थना गर्नेसमेत बताउनुभयो । उहाँले हज गर्न जानेले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार गर्ने धारणा राख्नुभयो ।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली साउदी अरबको मक्कामा हजका लागि जाने नेपाली मुस्लीम धर्मालम्वीलाई बिहीवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाई गर्दै ।

    नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले सरकारको व्यवस्थापनमा विगत आठ वर्षदेखि हज गर्नका लागि मक्कामदिना पठाउने गरेको बताउनुभयो । उहाँका अनुसार यस वर्ष करीब एक हजार दुई सय ६० जना हज गर्नका लागि मक्कामदिना जानेछन् । मुस्लिम समुदायको पवित्र तीर्थस्थलको रूपमा रहेको मक्कामदिनामा विश्वभरका लाखौँ मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.