सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरामा ‘पेनगन’सहित एक पक्राउ


  •    /१ श्रावण २०७६, बुधबार १९:०९ 
  • पोखरा । एक लागुपदार्थ प्रयोगकर्तालाई ‘पेनगन’सहित आज सार्वजनिक गरिएको छ । पोखरा महानगरपालिका–२४ कास्कीकोट स्थायी घर भई हाल वडा नं– ७ को मासबारमा बस्दै आएका २४ वर्षीय सागर रानाभाटबाट बरामद गरिएका सात थान गोलीसहित पेनगन र लागुपदार्थ आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले सार्वजनिक गरेको छ ।

    सामान्यतया कलम आकारको ‘पेनगन’ टुप्पोपट्टिको भाग लेख्न मिल्ने देखिने भए पनि सो भागमा गोली अड्काउने गरी राखिन्छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले रानाभाटले लागुपदार्थ सेवन, ओसारपसार र बिक्री वितरण तथा हतियारसमेत बोकी हिँड्ने गरेको सूचनाका आधारमा अनुसन्धानपश्चात उसको डेराको खानतलासी गर्दा लागुपदार्थसहित पेनगन बरामद गरिएको जानकारी दिनुभयो ।

    उनको डेराबाट ६० थान फेनारगन, ६० थान ब्रुप्रिनर्फिन, ६० थान डाइजापाम, १५ चक्की नाइट्रोसन, १० थान राहदानी र सात थान नागरिकता बरामद गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.