परोपकारी सँस्था आदर्श नारी विकास केन्द्रको रजत महोत्सवको आम्दानी खर्च सार्वजनिक
/३१ असार २०७६, मंगलवार १९:०४
आशा खरेल
चितवन । आदर्श नारी विकास केन्द्रको २५ औं रजत महोत्सवको अवसरमा भएको कार्यक्रमको आम्दानी तथा खर्च विवरण आज सार्वजनिक गरिएको छ । परोपकारी सँस्था आदर्श नारी विकास केन्द्रले रजत महोत्सवको अवसरमा गएको वैशाख १६ गतेदेखि संस्था स्थापना दिवस जेठ १६ गतेसम्म विभिन्न कार्यक्रम गरेको थियो ।
केन्द्रका रजत महोत्सव मूल समारोह समिति संयोजक मिना खरेलले १७ लाख ५३ हजार ६ सय २७ रुपैयाँ कूल आम्दानी भएको र १३ लाख १० हजार २ सय १५ रुपैयाँ खर्च भएको जानकारी गराउनुभयो। ४ लाख ४३ हजार ४ सय १२ रुपैयाँ बचत भएको भएको पनि उहाँले जानकारी गराउनुभयो ।
बचत रकममध्ये २ लाख ५१ हजार रुपैयाँ सोही केन्द्रको अक्षय कोष निर्माणका लागि राखिएको छ । त्यसैगरी रजत महोत्सवबाट बचत भएको रकमबाट १ लाख ८७ हजार ४ सय १२ रुपैयाँ आदर्श गृहको भान्सा कोठा निर्माणको लागि खर्च गरिएको छ ।
रजत महोत्सवको अवसरमा समाज कल्याण केन्द्र वृद्धाश्रम देवघाट, रामजानकी बालिका आश्रम देवघाट, सडक बालबालिका पुनस्र्थापना केन्द्र (हाम्रो घर) नारायणगढ र असहाय महिला तथा बालबालिका पुनस्र्थापना केन्द्र (आदर्श गृह) मा खाना खुवाउने, छात्रवृत्ति वितरण, वक्तृत्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, सकारात्मक सोचबारे प्रवचन कार्यक्रम, साहित्यिक कार्यक्रम,अन्तरर्किया कार्यक्रम, रजत स्मारिका प्रकाशन, र्याली, बवशिस्ट व्यक्ति सम्मान कार्यक्रम गरिएको थियो । सोही कार्यक्रममा भएको आम्दानी र खर्चको विवरण आज कृष्णपुरको आदर्श मार्गमा रहेको आदर्श गृहको भवनमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।
त्यस अवसरमा कार्यक्रममा सहयोग गर्ने संस्थाका सदस्यहरु, दाताहरु, उधोगी व्यवसायीलगायत सामाजिक संघ संस्था एवम् शुभेच्छुक, पत्रकारहरुलगायत सबै सहयोगीलाई धन्यवाद व्यक्त गरियो ।। कार्यक्रममा संस्थाका सल्लाहकारहरु ई. भोजराज कौडाल, देवी पाठक, विष्णुदेवी बुढाथोकी, कार्यपालिका सदस्य पवित्रा केसी, वडा सदस्यहरु, भरतपुर महानगरपालिकाका उप सचिव एवम् महिला विकास अधिकृत शान्ता कुमारी पौडेल, स्मारिका प्रकाशन समितिका संयोजक उषा खरेल सुवेदी, आर्थिक समितिका संयोजक मेनुका काप्री, स्मारिका सम्पादक सदस्य अर्जुन अधिकारी, भानुभक्त कँडेल, संस्थापक सदस्यहरुलगायतको उपस्थिति थियो । कार्यक्रम आदर्श नारी विकास केन्द्रका अध्यक्ष सरिता केसीको अध्यक्षतामा भएको थियो ।