सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेनाद्वारा बाढीपहिरो पीडित ७२३को उद्धार


  •    /३० असार २०७६, सोमबार २२:०५ 
  • काठमाडौँ । नेपाली सेनाले मुलुकभर हालसम्म बाढी तथा पहिरोपीडित ७२३ जनाको सकुशल उद्धार गरेको छ भने १८६ जनालाई सुरक्षित स्थानमा सारिएको र बेपत्ता भएकाको खोजीकार्य जारी राखेको जनाएको छ ।

    यही असार २६ गते साँझबाट परेको अविरल वर्षाका कारण देशका २६ जिल्लाका विभिन्न स्थानमा बाढीपहिरो, डुबान, कटान तथा सडक अवरुद्ध भई जनजीवन प्रभावित भएको छ । जनधनको थप क्षतिको सम्भावनालाई न्यूनीकरण गरी जनजीवनलाई सामान्य अवस्थामा ल्याउने उद्देश्यका साथ सेनाका विभिन्न स्थानमा तैनाथ युनिटबाट करीब १५ हजार सेना परिचालन गरिएका छन् ।

    अविरल वर्षासँगै गएको पहिरोका कारण मुलुकका विभिन्न स्थानका सडक अवरुद्ध भएकामा उल्लेखित स्थानमा फौज परिचालन गरी यातायात आवागमनमा सहज गर्न सेनाले सहयोग गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    यसैगरी १४ स्थानमा तटबन्ध निर्माण, नौ स्थानमा पहिरो पन्छाउने कार्य, चार स्थानमा विद्युत् प्रशारण लाइनको सुरक्षार्थ मर्मत, सात स्थानमा खोला, ढल, नाली खोल्ने कार्य भएको साथै राहत वितरण र अन्य उद्धारका कार्यलाई निरन्तरता दिइरहेको निर्देशनालयलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    खोज, उद्धार तथा राहतका लागि सेनाले काठमाडौँमा दुई एमआइ १७, एक एएलएच, एक अगुष्टा र एउटा इक्युरेल हेलिकोप्टर तयारी अवस्थामा राखेको छ भने इटहरीमा एउटा बेल हेलिकप्टर र धनुषामा एउटा एमआइ १७ हेलिकप्टर तयारी अवस्थामा राखेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.