सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कुलेखानी बाँधको ढोका नखोलिने, सबै टर्वाइन घुमाएर विद्युत निकालिने


  •    /३० असार २०७६, सोमबार २१:५८ 
  • हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयको ढोका नखोलिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार पानीको सतह बढेपछि फुट्ने खतरा कम गर्न खोल्ने भनेर गरिएको निर्णय रद्द गरिएको छ ।

    ढोका खोल्नुको सट्टा सबै टर्वाइन घुमाएर विद्युत् निकालिने भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार तीन/चार दिनसम्मका लागि भारतबाट आपूर्ति भइरहेको विद्युत कटौती गरेर कुलेखानीको सबै टर्वाइन घुमाएर विद्युत निकालिनेछ ।

    यसैबीच, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुमा पहिराले पुरिएरका दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । गएराति आएको पहिरोमा पुरिएर स्थानीय अन्दाजी ४५ वर्षीया कान्छीमाया बलामी र उनकी छोरी १८ वर्षीया बबिता बलामी बेपत्ता भएका थिए । उनीहरुको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    पुरिएकाको उद्धारका लागि नेपाली सेना र इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । पहिरोले पुरिएर कान्छीमायाकी बुहारी अन्दाजी ३० वर्षीया बेली बलामी भने घाइते भएकी छिन् ।

    बिहीबारदेखि भएको निरन्तर वर्षाका कारण बाढीपहिरोमा परी मकवानपुरमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि निरन्तर परेको वर्षाले शुक्रबार मकवानपुरको थाहा नगरपालिका वडा नं ३ मा महाभिर खोलाले बगाउँदा बालिका सञ्चनम बलामीको मृत्यु भएको थियो । जिल्लाकै कैलाश गाउँपालिका वडा नं १० नामटारस्थित शुक्रबार डर खोलाले बगाउँदा सोही वडा बस्ने वर्ष ५५ को सानुकान्छा सुनारको मृत्यु भएको थियो । यस्तै शुक्रबार नै जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं २ मा वर्ष १४ की सृष्टी डिम्डुङको पहिरोले पुरिएर मृत्यु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बुढाथोक घरबासः परम्परागत घरमा स्थानीय परिकार
    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
    मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण
    • राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
    • अध्यक्ष ओलीको पत्थरीको शल्यक्रिया
    • अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
    • कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.