सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दलित ‘होम स्टे’ अनुसन्धानको केन्द्र बन्दै


  •    /३० असार २०७६, सोमबार १०:५८ 
  • सानेबहादुर नेपाली

    तनहुँ  / तनहुँको व्यासनगरपालिका–१४स्थित आँपस्वाँरामा सञ्चालित दलित घरवास(होम स्टे) आन्तरिक एवं बाह्य पर्यटकको अनुसन्धानको केन्द्र बन्दै गएको छ । नेपालकै पहिलो दाबी गरिएको उक्त होमस्टेमा अनुसन्धानको लागि जापान, अमेरिका, जर्मनी, चीनलगायतबाट बाह्य र काठमाडौँ, पोखरा, चितवनलगायतका जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेको आँपस्वाँरा सामुदायिक दलित होमस्टेका अध्यक्ष रेशम विश्वकर्माले बताउनुभयो ।

    उहाँका अनुसार दलित होमस्टेको विशेषता के कस्तो रहेछ भनेर बुझ्न र अनुसन्धानका लागि आउने गरेका छन् ।
    होमस्टेमा अनुसन्धान (रिर्सच)को लागि बाह्य पर्यटकको गन्तव्यस्थल बन्ने गरेको छ, होमस्टेका अध्यक्ष विश्वकर्माले भन्नुभयो, “विशेष गरी विदेशी युनिर्भसिटीका विद्यार्थी अनुसन्धानको लागि आउने गरेका छन् ।”

    केही दिनअघि काठमाडौँ विश्वविद्यालयका ३३ जना विद्यार्थी आएर चार दिन बसेर गएको उहाँले बताउनुभयो । उक्त होमस्टेमा आउने पाहुनालाई जातीय कला र संस्कृतिको प्रदर्शन गराउने मुख्य उद्देश्य रहेको छ । कामी, सार्की र दमाईं जातिको पुख्यौली पेशाको बारेमा जानकारी गराउँदै ती जातिले बनाएका वस्तुहरु बनाउनसमेत सिकाउने गरिएको छ ।

    विश्वकर्मा जातिको आरन पेशा, माटोको गहना बनाउने, परियारको कपडा सिलाउने, बाजा बजाउने र नेपालीको जुत्ता सिलाउने, हलो, नारालगायतका दलित जातिको पुख्यौली पेशाका बारेमा जानकारी गराई त्यसको महत्वको साथै बनाउनसमेत सिकाइने व्यवस्था गरिएको छ, अध्यक्ष विश्वकर्माले भन्नुभयो ।

    काठमाडौँबाट होटल व्यवस्थापनसम्बन्धी एकहप्ते तालीम लिएपछि ०७३ सालदेखि सो गाउँका १८ घरधुरीका विश्वकर्मा जाति मिलेर होमस्टे सञ्चालन गरेका गर्दै आएका हुन् । उक्त होमस्टेमा आउने पाहुनालाई स्थानीय मकै, भटमास, गुन्द्रुकको साथै गाउँमै उत्पादन गरिएका ताजा र अर्गानिक तरकारी, स्थानीय जातका कुखुरा, बङ्गुर र खसी, बोकाको मासुका परिकार खुवाउने गरिन्छ । उक्त होमस्टेमा मदिराजन्य वस्तुको भने निषेध गरिएको छ ।

    उक्त गाउँका १८ घरधुरीमा करीब ६५ जना पाहुनालाई घरवासको व्यवस्था गर्न सकिने छ । होमस्टे सञ्चालनका लागि गण्डकी प्रदेशबाट रु दश लाख र व्यासनगरपालिकाबाट रु एक लाख प्रदान गरिएको थियो । दलित होमस्टेलाई नमूना होमस्टे बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको र आउँदा दिनमा पनि सहयोग गर्दै लैजाने योजना रहेको व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

       जीवनशैलीमा परिवर्तन

    उक्त क्षेत्रमा होमस्टे सञ्चालन गर्ने परिवारको जीवनशैलीमा परिवर्तन आएको छ । शुरुमा एक दुई जना पाहुना आउँदा पनि आत्तिने गर्दथे, तर अहिले जति पाहुना आए पनि सहजरुपमा खाना बनाएर खुवाउन सक्ने भएका छन् ।
    “होमस्टे सञ्चालनसँगै यस क्षेत्रका दलितले आयआर्जन गर्न थालेपछि जीवनशैलीमा परिवर्तन आएको होमस्टेका कोषाध्यक्ष मधुमाया विश्वकर्माले बताउनुभयो । गाउँमै कुखुरा, बङ्गुर, बाख्रापालनको साथै तरकारी खेती गरेर होमस्टेमा नै खपत गर्ने गरिएको छ”, उहाँले भन्नुभयो, “होमस्टेमा आउने पाहुनालाई गाउँमै उत्पादन गरिएका अर्गानिक परिकारले सत्कार गर्दै आएका छौँ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता
    कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’
    निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
    • सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम
    • बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
    • प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट
    • झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.