सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खोज तथा उद्धारका लागि १५ हजार सेना परिचालित


  •    /२९ असार २०७६, आईतवार २२:३६ 
  • काठमाडौँ । नेपाली सेनाले मुलुकभर बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि २२ जिल्लाका ४८ स्थानमा डुङ्गालगायत आवश्यक खोज तथा उद्धारका सामग्रीसहित विभिन्न युनिटबाट १५ हजार फौज परिचालन भएको जनाएको छ ।

    परिचालित फौजले खोज तथा उद्धार, राहत वितरण, मेडिकल क्याम्प खडा गरी उपचार, कमला नदीमा बाँध बाँध्ने, थुनिएका खोला, ढल, नाली खोल्ने तथा तटबन्ध निर्माणलगायतका कार्यलाई निरन्तरता दिइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    सेनाले हवाई साधनबाट राहत सामग्री ढुवानी, पहिरो पन्छाई राजमार्ग तथा सहायक मार्गहरू सञ्चालन गर्ने कार्यलगायत अन्य मानवीय सहयोगका कार्यलाई तीव्रता दिएको निर्देशनालयमार्फत जारी विज्ञप्तिमा उल्लेख छ ।

    सेनाले शनिबारदेखि हालसम्म बाढी र पहिरोबाट अति प्रभावित क्षेत्रमा ४९५ जनाको सकुशल उद्धार गरेको छ भने बाढीरपहिरोमा परी मृत्यु भएका १२ जनाको शव निकालिएको र १५ जना बेपत्ता भएका व्यक्तिको खोजकार्यलाई जारी राखेको छ ।

    इलाम, धनकुटा, तेह्रथुम, काभ्रेपलाञ्चोक, भक्तपुर, रसुवा, रुपन्देही, बर्दिया र डोल्पामा खटिएका फौजबाट पहिरो पन्छाई खोज तथा उद्धार कार्यको अतिरिक्त अवरुद्ध सडकलाई सञ्चालन गर्ने कार्य भइरहेको छ ।

    यसैगरी मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, रौतहट, महोत्तरी, बारा, पर्सा, दाङ, ललितपुर र काठमाडाँैमा सेनाले खोजी तथा उद्धारको अतिरिक्त थुनिएका खोला, ढल, नाली खोल्ने तथा तटबन्ध निर्माण कार्यमा सहयोग पु¥याइरहेको छ ।

    सप्तरीमा सेनाले ८५ घरपरिवारलाई खाद्यान्नलगायतका राहत सामग्रीहरू वितरण गर्नाका साथै उदयपुरमा मेडिकल क्याम्प खडा गरी स्थानीयवासीलाई उपचारको प्रबन्ध गरेको छ भने बाढीबाट सिराहास्थित कमला नदीमा क्षति पुगेको हुँदा बाँध बाँधी क्षतिको जोखिमलाई न्यूनीकरण गर्न फौज खटिएको विज्ञप्तिमा उल्लेख छ ।

    सेनासँग भएका विपद्को समयमा प्रयोग हुने स्रोत, साधन तथा जनशक्तिसहित इटहरी, धनुषा र काठमाडाँैमा हेलिकोप्टर तयारी अवस्थामा रहनाको साथै प्रत्येक जिल्लामा तैनाथ युनिटमा आपत्कालीन उद्धार सामग्रीसहित तयारी हालतमा राखिएको छ ।

    साथै गृह मन्त्रालयबाट बाढी र पहिरो प्रभावित इलाकामा पठाउन तयार गरिएका पाललगायतका अन्य राहत सामग्रीहरू सेनाको हेलिकोप्टरबाट ढुवानी गर्ने व्यवस्था मिलाइएको निर्देशनालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने
    • सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे
    • मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
    • रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    • बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.