सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालले रच्यो इतिहास, मलेसियासँगको दुई टी–ट्वान्टी सिरिज क्लिन स्विप


  •    /२९ असार २०७६, आईतवार ११:०७ 
  • काठमाडौँ । दुई टी–ट्वान्टी क्रिकेट श्रृङ्खलाको आजको दोस्रो खेलमा पनि नेपालले मलेसियालाई पराजित गर्दै सिरिज क्लिन स्विप गरेको छ । योसँगै नेपालले दुई टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज क्लिन स्वीप गर्ने इतिहास रचेको छ ।

    नेपाल दुई टी–ट्वान्टी श्रृङ्खलाको आजको दोस्रो खेलमा ६ रनले बिजयी भएको हो । नेपालले आज दोस्रो खेलमा मलेसियालाई एक सय ७४ रनको लक्ष्य दिएको थियो । तर मलेसियाले पूरै २० ओभर खेल्दै एक सय ६७ रन मात्र बनाउन सक्यो ।

    नेपालले यसअघि दुई टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज क्लिन स्वीप गर्न सकेको थिएन । हिजो भएको पहिलो खेलमा नेपाल सात विकेटले विजयी भएको थियो ।

    मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर एक सय ७३ रन बनाएको हो । नेपालका लागि विनोद भण्डारीले नट आउट ५१ रनको योगदान दिए । उनले २५ बलको सामना गर्दै ५ छक्का र ३ चौका प्रहार गरेका थिए । भण्डारी प्लेयर अफ दि म्याच भएका छन् ।

    नेपालका लागि कप्तान पारस खड्काले २३ रन, शरद भेषवाकरले ४० रन, रोहित पौडेलले १९ रन, करन केसीले १६ रन, पवन सर्राफले १० रन र ज्ञानेन्द्र मल्लले ७ रन जोडे । एक बलको सामना गरेका सोमपाल कामी एक रनमा अविजित रहे ।

    मलेसियाका लागि सइद अजिजले ५० रन, अमिनुद्दिन राम्लीले २४ रन, बिरनदीप सिंहले २३ रन, महमद सहदादले २१ रन, अहमद फैजले १७ रन, सफिक सरिदले १० रन, एस मुनिएन्डीले ९ रन र अनवर अरुद्धिनले ७ रन जोड्न सके ।

    नेपाललाई जित दिलाउने क्रममा सोमपाल कामी र सन्दिप लामिछानेले समान दुई/दुई विकेट तथा पारस खड्का, करन केसी र अविनास बोहराले एक/एक विकेट लिएका थिए । जुलाई २० देखी २८ सम्म सिंगापुरमा हुने आईसीसी एसिया टी ट्वान्टी विश्वकप छनोट अघि नेपाल विशेष प्रशिक्षणको लागि मलेसिया गएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.