सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दोस्रो खेलमा नेपालले मलेसियालाई दियो १७४ रनको लक्ष्य


  •    /२९ असार २०७६, आईतवार ०९:३० 
  • काठमाडौँ । टी–ट्वान्टी श्रृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियालाई एक सय ७४ रनको लक्ष्य दिएको छ । हिजो भएको पहिलो खेलमा नेपाल सात विकेटले विजयी भएको थियो ।

    मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर एक सय ७३ रन बनाएको हो । नेपालका लागि विनोद भण्डारीले नट आउट ५१ रनको योगदान दिए । उनले २५ बलको सामना गर्दै ५ छक्का र ३ चौका प्रहार गरेका थिए ।

    नेपालका लागि कप्तान पारस खड्काले २३ रन, शरद भेषवाकरले ४० रन, रोहित पौडेलले १९ रन, करन केसीले १६ रन, पवन सर्राफले १० रन र ज्ञानेन्द्र मल्लले ७ रन जोडे । एक बलको सामना गरेका सोमपाल कामी एक रनमा अविजित रहे ।

    नेपाल आजको खेलमा विजयी भए नयाँ इतिहास रच्ने छ । नेपाल आजको खेलमा विजयी भए दुई टी–ट्वान्टी सिरिज क्लिन स्विप गर्ने छ । हालसम्म नेपालले टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज क्लिन स्वीप गरेको छैन । जुलाई २० देखी २८ सम्म सिंगापुरमा हुने आईसीसी एसिया टी ट्वान्टी विश्वकप छनोट अघि नेपाल विशेष प्रशिक्षणको लागि मलेसिया गएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.