सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटनबाट एक वर्षमा ६९ अर्ब ७५ करोड आम्दानी


  •    /२८ असार २०७६, शनिबार १३:५३ 
  • काठमाडौँ । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट सन् २०१८ मा रु ६९ अर्ब ७५ करोड ५८ लाख आम्दानी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘नेपाल टुरिज्म स्टाटिसटिक्स–२०१८’ अनुसार यो अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढी हो । सन् २०१७ मा ५८ अर्ब ५२ करोड, ६९ लाख आम्दानी भएको थियो ।

    उक्त आम्दानी सन् २०१५÷२०१६ को तुलनामा ४० प्रतिशतले बढी थियो । उक्त वर्ष ४१ अर्ब ७६ करोड पाँच लाख आम्दानी भएको थियो । सन् २०१८ मा पर्यटकको बसाइँ अवधि औसत १२.४ दिन रहेको थियो । पर्यटकले दैनिक ४४ डलर खर्च गर्ने गरेका छन् । अघिल्लो वर्ष पर्यटकको बसाइँ अवधि १२.६ दिन थियो ।

    सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक आएका थिए जुन अघिल्लो वर्षको तुलनामा २४.७७ प्रतिशतले बढी हो । सन् २०१७ मा नौ लाख ४० हजार २१८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

    विगत वर्षझै सन् २०१८ मा पनि छिमेकीमूलुक भारत र चीनबाट धेरै पर्यटक नेपाल भ्रमणमा आएका थिए । नेपालमा बढी पर्यटक भित्रने पाँच मुलुकमा भारत पहिलो र चीन दोस्रो स्थानमा छ । भारतबाट सन् २०१८ मा एक लाख ९४ हजार ३२३ र चीनबाट एक लाख ५३ हजार ६३३ र पर्यटक नेपाल आएका थिए ।

    बढी पर्यटक भित्रने मुलुकमा संयुक्त राज्य अमेरिका तेस्रोमा छ । अमेरिकाबाट ९१ हजार ८९५, चौथोमा रहेको बेलायतबाट ६३ हजार ४६६ र श्रीलङ्काबाट ६९ हजार ६४० पर्यटक नेपाल आएका थिए ।

    नेपाल आउने विदेशी पर्यटकमध्ये अधिकांश बिदा, मनोरञ्जन तथा धार्मिक उद्देश्यका लागि आउने गरेका छन् । सन् २०१८ मा सात लाख तीन हजार ८४३ बिदा मनाउन र एक लाख ८७ हजार ६९२ धार्मिक कामका लागि आएको सो स्टाटिसटिक्समा उल्लेख छ । त्यस्तै साहसिक पर्यटनमा रुचि राख्नेहरुको रोजाइँमा पनि नेपाल पर्ने गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.