सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँध भत्किएर बाढी गाउँ पस्दा सिरहाका एक हजार घरपरिवार विस्थापित


  •    /२८ असार २०७६, शनिबार १३:०७ 
  • राजु विश्वकर्मा/रासस
    लहान । अविरल वर्षासँगै कमला नदीमा आएको बाढीले ठाउँठाउँमा बाँध भत्काएर बस्तीमा पानी पसेपछि सिरहा नगरपालिका र कल्याणपुर नगरपालिकाका अधिकांश वडा डुबानमा परेका छन् ।

    डुबानमा परेका ती स्थानका करीब एक हजारभन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । कमला सिँचाइ आयोजनाले सिँचाइका लागि निर्माण गरिएका ‘एन्टी फल्ड सुलुस’ अधुरै छोड्दा त्यहीबाट बाढी गाउँमा पसेपछि सिरहा नगरपालिका–१२ स्थित सारस्वर, वडा नं ६ स्थित बसबिट्टा र कल्याणपुर–१२ गम्हरियाकट्टीलगायतका अधिकांश ठाउँ डुबानमा परेका छन् ।

    गाउँमा जलस्तर बढ्दै गएको र गाउँगाउँमा सडक भत्किएका कारण स्थानीयवासीलाई उद्धार गर्न समस्या भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिनुभयो । कमला नदीको बाढी सदरमुकाममा समेत पसेपछि जिल्ला प्रहरी कार्यालय, तत्कालीन कृषि विकास कार्यलय, पशु सेवा कार्यालय, विद्युत् प्राधिकरणलगायतका अधिकांश कार्यालय डुबानमा परेका छन् ।

    यस्तै लहान नगरपालिकाका विभिन्न वडामा आएको बाढीले १०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । लहानका वडा नं १, २, ३ र ४ का अधिकांश घर डुबानमा छन् । वडा नं १ र २ का ८० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने वडा नं ४ मा आएको बाढीले घर भत्किँदा तीन घाइते भएका छन् ।

    लहानस्थित इलाका प्रहरी कार्यालय, डिभिजनल वन कार्यालय, लहान नगरपालिका, इलाका प्रशासन कार्यालय, जलस्रोत कार्यालय, भू–संरक्षणलगायतका सरकारी कार्यालय जलमग्न भएका छन् भने पुर्वपश्चिम राजमार्गबाटै पानी बगिरहेकाले यातायात आवागमनमा समस्या भएको छ ।

    त्यस्तै मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका, सुखीपुर नगरपालिका, औरही गाउँपालिकालगायतका स्थानीय तहका अधिकांश वडासमेत जलमग्न भएका प्रहरीले जनाएको छ । बाढीबाट प्रभावित बस्तीमा सुरक्षाकर्मी परिचालन गरी उद्धारकार्यलाई जारी राखेको प्रअिज अधिकारीले बताउनुभयो ।

    लगातारको अविरल वर्षाले कमला, बलानलगायतका नदीमा जलस्तर बढ्ने क्रम जारी रहेकाले नदी आसपासका आम सर्वसाधारणहरुमा सचेत गरिएको छ भने सम्भावित खतरालाई मध्यनगर गर्दै सुरक्षाकर्मीलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।

    बाढीमा फसेका छ कामदारको उद्धारमा कठिनाइ

    कमला नदीको बाढीमा गए रातिदेखि फसेका छ जनाको उद्धारमा समस्या भएको छ । सिरहा नगरपालिका–६ स्थित बसपिट्टा टोल नजिकै निर्माणाधीन पुलको काममा खटिएका छ कामदार कमला नदीको बाढीमा फसेका हुन् ।

    निर्माणाधीन पुलमै बसेर उद्धारको प्रतिक्षा गरिरहेका छ जनालाई नदीमा पानीको बहाब अत्यधिक रहेकाले उद्धार गर्न कठिनाइ भएको सिरहाका प्रजिअ अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “छ कामदार बाढीमा फसेको राति नै खबर आयो, तर नदीमा पानीको बहाब बढिरहेकाले तत्काल उद्धार गर्न समस्या भएको छ, काठमाडौँबाट हेलिकोप्टरसमेत आउन नसक्ने अवस्था छ ।”
    पुल र सडक भत्किँदा सडक अबरुद्ध

    अविरल वर्षासँगै आएको बाढीले सप्तरीको बोदे बसाइन नगरपालिका–५ स्थित खडकखोलामा नवनिर्मित पुल बगाएपछि पूर्वपश्चिम हुलाकी सडकखण्डअन्तर्गत पूर्णरुपले अबरुद्ध भएको छ । खोलामा आएको बाढीले पुलको पिलर नै भाँसिएपछि पुल बगेको स्थानीयवासीले बताएका छन् । बाढीले बगाएपछि पूर्वपश्चिम हुलाकी राजमार्ग पूर्णरुपले अबरुद्ध भएको इलाका प्रहरी कार्यालय बोदे बसाइनका प्रहरी नायब निरीक्षक आमिरी यादवले जानकारी दिनुभयो ।

    शुक्रबार राति बाढीले पुल बगाएपछि पूर्वपश्चिम हुलाकी राजमार्ग आवागमण पूर्णरूपले ठप्प भएको छ भने यात्रुहरु अलपत्रमा परेका छन् । यस्तै खडक नदीको बाढीले बोदे बसाइन नगरपालिकाको वडा नं ५ जाँजर, वडा नं ७ हैठिस्थित थारु टोल, मुसहर बस्ती डुबानमा परेको छ भने बोका नदीको बाढी गाउँमा पसेपछि बोदे बसाइनका धनगढी, सारस्वर, कुशमहार, काचन, देउरी, खडकपुरलगायतका गाउँ डुबानमा परेको बोदे नगर प्रमुख आतेशसिंह यादवले जानकारी दिनुभयो । यस्तै हुलाकी सडकअन्तर्गत बोदे बसाइन बजार नजिकै सडक भत्किदाँ बजार सम्पर्कविहीन बनेको छ भने विद्युत् सेवासमेत अबरुद्ध भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.