सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तुलसीपुरस्थित राप्ती अस्पताललाई भेन्टिलेटर सहयोग


  •    न्युजभित्तो/३० जेष्ठ २०७८, आईतवार १३:४९ 
  • दाङ, ३० जेठ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई चारवटा भेन्टिलेटर सहयोग प्राप्त भएको छ । गोर्खा सिमिस्ट्री ट्रष्ट हङकङमार्फत ती भेन्टिलेटर सहयोग प्राप्त भएको हो । ती स्वास्थ्य सामग्रीलाई गोर्खा सिमिस्ट्री ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र राई र नेकपा एमालेका केन्द्रीय सदस्य सुजिता शाक्यले अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेलाई हस्तान्तरण गर्नुभएको छ ।

    सो अवसरमा ट्रष्टका अध्यक्ष राईले कोभिड महामारीको समयमा नागरिकलाई स्वास्थ्य उपचारमा सहयोग गर्न संस्थाले सरकारी अस्पतालमा भेन्टिलेटर सहयोग गरेको बताउनुभयो । उहाँले संस्थामार्फत नेपालका सरकारी अस्पतालमा ४५ भेन्टिलेटर हस्तान्तरण गर्न लागिएको जानकारी दिनुभयो ।

    कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य शाक्यले अस्पताललाई भेन्टिलेटर सहयोग गरेकामा धन्यवाद दिँदै कोभिडपछि पनि भेन्टिलेटर अस्पतालका लागि अति उपयोगी हुने बताउनुभयो । सहयोग हस्तान्तरण गरेकामा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले अस्तालमै आएर स्वास्थ्य सामग्री प्रदान गरेको जनाउँदै ट्रष्टका अध्यक्ष राईलाई धन्यवाद दिनुभयो । यसैबीच राप्ती प्रादेशिक अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरिएको छ ।

    सो सेवा सञ्चालनमा आएपछि सरकारले तोकेका लक्षित समूहले एक वर्षसम्म रु एक लाख बराबारको औषधि उपचार निःशुल्क गर्न पाउने छन् । पहिलोपटक लक्षित समूहले आकस्मिक अवस्थामा रु पाँच हजार, ओपिडीमा रु दुई हजार ५०० र भर्ना भएमा रु १० हजारसम्मको औषधि उपचार निःशुल्क पाउने अस्पतालले जनाएको छ । एकै पटकमा बिरामीले रु एक लाखको औषधि उपचार भने गर्न नपाउने सामाजिक एकाइ समितिका प्रमुख हिमा पौडेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सेवा पाउने लक्षित समूहमा गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसापीडित तथा पीडित बालबालिका, महिला स्वास्थ्य स्वयंसेविका, विपद् एवम् प्राकृतिक प्रकोप भूकम्प बाढीपहिरो र आगलागीबाट पीडित, शहिद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामी र सीमान्तकृत तथा लोपोन्मुख, आदिवासी जनजाति हुनुपर्ने छ ।

    उपचार गर्न आउनेले परिचयपत्र अनिवार्य ल्याउनु पर्नेछ । परिचयपत्र नभएकाले भने यो सुविधा पाउने छैनन् । तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेले चार वर्षअघि उठाएको मुद्दा अहिले पूरा भएको बताउनुभयो ।

    सो एकाइको उद्घाटन गर्दै उहाँले ज्येष्ठ नगारिक, शहीद परिवार र जनयुद्धका घाइतेलाई अब रु एक लाखसम्मको उपचारमा कुनै समस्या नपर्ने र यसको सहजतका लागि उपमहानगरपालिकाका तर्फबाट रु १० लाख उपलब्ध गराउने घोषणा गर्नुभयो । यसअघि ७० वर्षमाथिका ज्येष्ठ नागरिकले मात्र चिकित्सकले सिफारिस गरेका आधारमा निःशुल्क उपचार सेवा पाउने गर्थे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.