सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढीले रौतहट डुबानमा, मानिसहरु उद्धारको पर्खाइमा


  •    /२८ असार २०७६, शनिबार १२:४९ 
  • रौतहट । लगातारको वर्षाले रौतहट जिल्ला डुबानमा परेको छ भने जनजीवन निकै कष्टकर बनेको छ । जिल्लाको सदरमुकामदेखि गाउँसम्म डुबानमा परेपछि जनजीवन कष्टकर बनेको हो । बाढीमा फसेका मानिसहरु उद्धारको पर्खाइमा छन् ।

    बागमति, लाल बकैया, झाँझ र चादी नदीमा पानीको बहाव अत्यधिक बढ्दा सदरमुकाम गौर, गरुडा र चन्द्रपुर नगरपालिका डुबानमा परेका छन् । बागमति र लाल बकैया नदीका विभिन्न स्थानका बाँध फुट्दा सयौं परिवार विस्थापित भएका छन् । बाढीले जिल्लाका सबै सडकमा सवारी साधन चल्न सकेका छैनन् । नदीहरुमा जलस्तर बढ्दै गएपछि स्थानीय वासिन्दा त्रसिल बनेका छन् ।

    जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको कार्यालय लगायतसुरक्षाकर्मीका ब्यारेक र कार्यालयसमेत डुबानमा परेका छन् । जसले गर्दा उद्धारमा प्रभावकारी रुपमा सुरक्षाकर्मी परिचालन हुन सकेका छैनन् । उद्दारमा कठिनाइ भएपछि प्रदेश तथा प्रहरी प्रधान कार्यालयबाट थप मद्दत माग गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नवीन कार्कीले बताएका छन् ।

    कार्कीका अनुसार फतुवा, विजयपुर र बडहरवामा तत्काल उद्दारको आवश्यक्ता छ, तर प्रतिकुल मौसम बाधक बनेको छ ।

    बाढीका कारण गौर–चन्द्रनिगाहपुर र पूर्वपश्चिम राजमार्गमा यातायात पूर्ण रुपमा बन्द छ । फतुवा विजयपुर नगरपालिकासँग सम्पर्क विच्छेद भएको छ । फतुवा विजयपुर नगरपालिकाका विभिन्न वडामा एक हजारभन्दा बढी व्यक्ति तत्काल उद्धारको पर्खाइमा छन् । बाढीमा फसेकाहरुको उद्दार गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ । उद्धार टोली अझै पर्याप्त सङ्ख्यामा पठाउनुपर्ने आवश्यकता छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.