सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढीले रौतहट डुबानमा, मानिसहरु उद्धारको पर्खाइमा


  •    /२८ असार २०७६, शनिबार १२:४९ 
  • रौतहट । लगातारको वर्षाले रौतहट जिल्ला डुबानमा परेको छ भने जनजीवन निकै कष्टकर बनेको छ । जिल्लाको सदरमुकामदेखि गाउँसम्म डुबानमा परेपछि जनजीवन कष्टकर बनेको हो । बाढीमा फसेका मानिसहरु उद्धारको पर्खाइमा छन् ।

    बागमति, लाल बकैया, झाँझ र चादी नदीमा पानीको बहाव अत्यधिक बढ्दा सदरमुकाम गौर, गरुडा र चन्द्रपुर नगरपालिका डुबानमा परेका छन् । बागमति र लाल बकैया नदीका विभिन्न स्थानका बाँध फुट्दा सयौं परिवार विस्थापित भएका छन् । बाढीले जिल्लाका सबै सडकमा सवारी साधन चल्न सकेका छैनन् । नदीहरुमा जलस्तर बढ्दै गएपछि स्थानीय वासिन्दा त्रसिल बनेका छन् ।

    जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको कार्यालय लगायतसुरक्षाकर्मीका ब्यारेक र कार्यालयसमेत डुबानमा परेका छन् । जसले गर्दा उद्धारमा प्रभावकारी रुपमा सुरक्षाकर्मी परिचालन हुन सकेका छैनन् । उद्दारमा कठिनाइ भएपछि प्रदेश तथा प्रहरी प्रधान कार्यालयबाट थप मद्दत माग गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नवीन कार्कीले बताएका छन् ।

    कार्कीका अनुसार फतुवा, विजयपुर र बडहरवामा तत्काल उद्दारको आवश्यक्ता छ, तर प्रतिकुल मौसम बाधक बनेको छ ।

    बाढीका कारण गौर–चन्द्रनिगाहपुर र पूर्वपश्चिम राजमार्गमा यातायात पूर्ण रुपमा बन्द छ । फतुवा विजयपुर नगरपालिकासँग सम्पर्क विच्छेद भएको छ । फतुवा विजयपुर नगरपालिकाका विभिन्न वडामा एक हजारभन्दा बढी व्यक्ति तत्काल उद्धारको पर्खाइमा छन् । बाढीमा फसेकाहरुको उद्दार गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ । उद्धार टोली अझै पर्याप्त सङ्ख्यामा पठाउनुपर्ने आवश्यकता छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्राङ्गारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता
    विश्व थाइराइड दिवसः पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम
    • हुलाकमार्फत सरकारी ‘कुरियर’ सेवा साठी जिल्लामा विस्तार
    • वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
    • भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट गरेपछि…
    • चारपटक म्याद थपिएपछि अलपत्र छाडिएको पुलको निर्माण सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.