लगातारको वर्षाका कारण १९ जनाको मृत्यु, सात बेपत्ता, उद्धारमा जुट्न प्रधानमन्त्रीको निर्देशन
/२७ असार २०७६, शुक्रबार २१:३४
काठमाडौँ । लगातार दुई दिनदेखिको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोबाट यो समाचार तयार पार्दासम्म १९ जनाको मृत्यु भएको छ । सात बेपत्ता भएका छन् भने चार जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभएको छ ।
बाढी, पहिरोमा परेर काठमाडौँ र खोटाङमा तीन–तीन जना, ओखलढुङ्गा, पर्सा, रामेछाप, सिन्धुली, मकवानपुर, ललितपुर र धादिङमा एक–एक जना तथा झापा, भोजपुर र काभ्रेमा दुई–दुई जना गरी १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । खोटाङ, काभ्रे, रामेछाप, मकवानपुर, धादिङ, दोलखामा गरी सात जना घाइते भएका छन् । बेपत्ता हुनेमा पाँचथर, इलाम, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, काठमाडौँका गरी सात जना छन् ।
सुनसरी, सिराहा र भक्तपुरमा गरी चार जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीमा घरको पर्खाल भत्किएर स्थानीय निलु यादव, शर्मिला यादव र कुन्दन यादवको ज्यान गएको छ । खोटाङमा भएको घटनामा परी रेखा राई, रोमन राई र रोहन राईको ज्यान गएको छ ।
काठमाडौँ उपत्यकामा लगातार परेको वर्षासँगै शुक्रबार महानगरपालिका–१४ कलङकीस्थित मालपोत कार्यालय वरपर बाढी बस्तीमा पसेपछि उद्वार गर्दै सशस्त्र प्रहरी । तस्विर : रोशन सापकोटा / रासस
काभ्रेको बनेपाका गोमा दङ्गाल र सोहनी दङ्गाल, रामेछापकी पदमकुमारी सुनुवार, भोजपुरका जगतबहादुर राई र जनक विक, ललितपुका सुरज जिम्बा, पर्साका निखिल पटेल, धादिङ गजुरीका अस्मिता तामाङ, सिन्धुली फिक्कल गाउँपालिकाकी हेमकुमारी सुनुवारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
खोलाले बगाएर झापामा आज एक बालिकासहित दुई जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार इलाम चुलाचुली गाउँपालिका–१ का ५१ वर्षीय अञ्चल लावती र सङ्खुवासभा घर भई हाल दमक–१० मावली आएकी छ वर्षीया बालिका एलिजा न्यौपाने रहेका छन् । आज बिहान घर नजिकैको कमल खोलाले बगाएर बेपत्ता भएका ५१ वर्षीय लावतीको शव झापाको कमल गाउँपालिका–२ स्थित भालु गाउँस्थित कमल खोलामा अपराह्न ४ बजे मृत अवस्थामा शव भेटिएको प्रनि एक्तेनले बताउनुभयो । यसैगरी मामा घर आएकी पुनम न्यौपानेकी छोरी एलिजा स्थानीय खोलाले बगाएर आज अपराह्न मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
बाढी, पहिरोमा परेका सिराहाका दुई, सुनसरीका एक र भक्तपुरका एक गरी चार जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । बाढीबाट काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, रौतहट, पर्सा धनुषा, चितवन, उदयपुर, पाँचथर, मकवानपुर, खोटाङ, दोलखा, धनकुटा, धादिङ, ओखलढुङ्गा, सङखुवासभा, भोजपुरलगायत देशका विभिन्न स्थान प्रभावित भएका छन् ।
पूर्वी पहाडी क्षेत्रमा पहिरो र तराईका क्षेत्रमा डुबानबाट बढी प्रभावित भएको प्रहरीले जनाएको छ । वर्षाका कारण प्रभावित भएकाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको छ । गृह मन्त्रालयले सबै संयन्त्र प्रयोग गरेर उद्धार कार्य तीव्र पारिएको जनाएको छ ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ चुनातालमा अविरल बर्षाका कारण शुक्रबार विहान घरमाथिको ढिस्को (पहिरो) झरेर भत्किएको स्थानीयबासिन्दा रामप्रसाद दंगालको घर । सो घर भत्किँदा दई जनाको मृत्यु भएको छ । तस्वीर : पेमा लामा
समन्वयात्मकरुपमा खटेर उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढीपहिरोबाट प्रभावितलाई तत्काल उद्धार गर्न र सम्भावित क्षति न्यूनीकरण गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी केही स्थानमा तत्काल बहाव खुलाउने काम भएको र अन्य स्थानमा पनि प्रयास भइरहेको बताउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रालयगत प्रगति तथा समीक्षा कार्यक्रममा उहाँले विपद्मा परेकाको उद्धार र राहतमा कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जनाउँदै उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन समन्वयात्मकरुपमा परिचालित निर्देशन दिनुभएको हो । प्रकोप क्षेत्रमा उद्धारका आवश्यक उपकरण, आवश्यक परेका ठाउँमा हेलिकप्टर र सुरक्षाकर्मी परिचालन भएको प्रधानमन्त्री ओलीले जनाउनुभएको छ । साथै सम्भावित र जोखिम क्षेत्रका सर्वसाधारणलाई सचेत रहनका लागि सूचना प्रणालीलाई चुस्त बनाइएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले सम्पूर्ण स्थानीय तह र जनप्रतिनिधिलाई पनि पीडितको उद्धारमा खटिन आग्रह गर्नुभएको छ । साथै उहाँले बाढी र पहिरोबाट ज्यान गुमाउनेका परिवारप्रति समवेदना प्रकट गर्दै यस घडीमा एकअर्काको सहयोगमा जुट्न सबैलाई आह्वानसमेत गर्नुभएको छ ।
काठमाडौँ । लगातार दुई दिनदेखिको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोबाट यो समाचार तयार पार्दासम्म १९ जनाको मृत्यु भएको छ । सात बेपत्ता भएका छन् भने चार जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभएको छ ।
बाढी, पहिरोमा परेर काठमाडौँ र खोटाङमा तीन–तीन जना, ओखलढुङ्गा, पर्सा, रामेछाप, सिन्धुली, मकवानपुर, ललितपुर र धादिङमा एक–एक जना तथा झापा, भोजपुर र काभ्रेमा दुई–दुई जना गरी १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । खोटाङ, काभ्रे, रामेछाप, मकवानपुर, धादिङ, दोलखामा गरी सात जना घाइते भएका छन् । बेपत्ता हुनेमा पाँचथर, इलाम, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, काठमाडौँका गरी सात जना छन् ।
सुनसरी, सिराहा र भक्तपुरमा गरी चार जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीमा घरको पर्खाल भत्किएर स्थानीय निलु यादव, शर्मिला यादव र कुन्दन यादवको ज्यान गएको छ । खोटाङमा भएको घटनामा परी रेखा राई, रोमन राई र रोहन राईको ज्यान गएको छ ।
काठमाडौँ उपत्यकामा लगातार परेको वर्षासँगै शुक्रबार महानगरपालिका–१४ कलङकीस्थित मालपोत कार्यालय वरपर बाढी बस्तीमा पसेपछि उद्वार गर्दै सशस्त्र प्रहरी । तस्विर : रोशन सापकोटा / रासस
काभ्रेको बनेपाका गोमा दङ्गाल र सोहनी दङ्गाल, रामेछापकी पदमकुमारी सुनुवार, भोजपुरका जगतबहादुर राई र जनक विक, ललितपुका सुरज जिम्बा, पर्साका निखिल पटेल, धादिङ गजुरीका अस्मिता तामाङ, सिन्धुली फिक्कल गाउँपालिकाकी हेमकुमारी सुनुवारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
खोलाले बगाएर झापामा आज एक बालिकासहित दुई जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार इलाम चुलाचुली गाउँपालिका–१ का ५१ वर्षीय अञ्चल लावती र सङ्खुवासभा घर भई हाल दमक–१० मावली आएकी छ वर्षीया बालिका एलिजा न्यौपाने रहेका छन् ।
आज बिहान घर नजिकैको कमल खोलाले बगाएर बेपत्ता भएका ५१ वर्षीय लावतीको शव झापाको कमल गाउँपालिका–२ स्थित भालु गाउँस्थित कमल खोलामा अपराह्न ४ बजे मृत अवस्थामा शव भेटिएको प्रनि एक्तेनले बताउनुभयो ।
यसैगरी मामा घर आएकी पुनम न्यौपानेकी छोरी एलिजा स्थानीय खोलाले बगाएर आज अपराह्न मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
बाढी, पहिरोमा परेका सिराहाका दुई, सुनसरीका एक र भक्तपुरका एक गरी चार जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । बाढीबाट काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, रौतहट, पर्सा धनुषा, चितवन, उदयपुर, पाँचथर, मकवानपुर, खोटाङ, दोलखा, धनकुटा, धादिङ, ओखलढुङ्गा, सङखुवासभा, भोजपुरलगायत देशका विभिन्न स्थान प्रभावित भएका छन् ।
पूर्वी पहाडी क्षेत्रमा पहिरो र तराईका क्षेत्रमा डुबानबाट बढी प्रभावित भएको प्रहरीले जनाएको छ । वर्षाका कारण प्रभावित भएकाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको छ । गृह मन्त्रालयले सबै संयन्त्र प्रयोग गरेर उद्धार कार्य तीव्र पारिएको जनाएको छ ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ चुनातालमा अविरल बर्षाका कारण शुक्रबार विहान घरमाथिको ढिस्को (पहिरो) झरेर भत्किएको स्थानीयबासिन्दा रामप्रसाद दंगालको घर । सो घर भत्किँदा दई जनाको मृत्यु भएको छ । तस्वीर : पेमा लामा
समन्वयात्मकरुपमा खटेर उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढीपहिरोबाट प्रभावितलाई तत्काल उद्धार गर्न र सम्भावित क्षति न्यूनीकरण गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी केही स्थानमा तत्काल बहाव खुलाउने काम भएको र अन्य स्थानमा पनि प्रयास भइरहेको बताउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रालयगत प्रगति तथा समीक्षा कार्यक्रममा उहाँले विपद्मा परेकाको उद्धार र राहतमा कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जनाउँदै उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन समन्वयात्मकरुपमा परिचालित निर्देशन दिनुभएको हो ।
प्रकोप क्षेत्रमा उद्धारका आवश्यक उपकरण, आवश्यक परेका ठाउँमा हेलिकप्टर र सुरक्षाकर्मी परिचालन भएको प्रधानमन्त्री ओलीले जनाउनुभएको छ । साथै सम्भावित र जोखिम क्षेत्रका सर्वसाधारणलाई सचेत रहनका लागि सूचना प्रणालीलाई चुस्त बनाइएको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्रीले सम्पूर्ण स्थानीय तह र जनप्रतिनिधिलाई पनि पीडितको उद्धारमा खटिन आग्रह गर्नुभएको छ । साथै उहाँले बाढी र पहिरोबाट ज्यान गुमाउनेका परिवारप्रति समवेदना प्रकट गर्दै यस घडीमा एकअर्काको सहयोगमा जुट्न सबैलाई आह्वानसमेत गर्नुभएको छ ।