सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा तेस्रो चरणको कोरोनाविरुद्धको खोप जेठ २५ र २६ गते दिइने


  •    न्युजभित्तो/२४ जेष्ठ २०७८, सोमबार ११:२२ 
  • चितवन, २४ जेठ । कोभिड–१९ विरुद्धको तेस्रो चरणको खोप यही जेठ २५ र २६ गते दिइने भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार जिल्लामा रहेका ६२, ६३ र ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिन लागिएको हो ।

    चीन सरकारको अनुदानमा प्राप्त ‘भेरोसिल’ खोप जिल्लामा ११ हजार मात्रा आइसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यो खोप जो जहाँ छ त्यहीँ लगाउने गरी दिइन थालिएको हो ।

    हरेक वडामा नै खोपको व्यवस्था गरिएको उहाँले बताउनुभयो । यहाँका सात पालिकामा रहेका वडाका स्वास्थ्य संस्थामा खोप उपलब्ध गराइने छ । कोरोना कहरका कारण भीडभाड नगरी स्वास्थ्य मापदण्डको पालना गर्दै खोप दिन लागिएको हो । उहाँले भन्नुभयो, “खोप अभियान दुई दिनसम्म चल्नेछ, स्वास्थ्य मापदण्डको पालना गर्दै खोप दिइनेछ ।” पालिकास्तरीय खोप केन्द्रमा छुटेकालाई थप एक दिन थपिनेछ । जिल्लामा यसअघि दुई चरणको खोप अभियान सम्पन्न भएको छ ।

    ती अभियानमा ३९ हजार व्यक्तिले पहिलो खोप लगाएका छन् । खोप लिन आउँदा परिचयपत्र अनिर्वाय गरिएको उहाँले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.