सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महामारीले प्रभावित फिल्म प्राविधिकलाई सहायता गर्न स्वस्तिमाको अपिल (भिडिओ)


  •    न्युजभित्तो/२० जेष्ठ २०७८, बिहीबार १५:४९ 
  • काठमाडौं,२० जेठ । कोरोनाभाइरस महामारीको कारण प्रभावित फिल्म प्राविधिकलाई सघाउन कलाकार कस्सिएका छन् । अक्सिजन सिलिन्डर जोहो गर्नेदेखि प्राविधिकलाई राहत संकलन गर्न उनीहरु सक्रिय भएका छन् । कतिपयले गच्छेअनुसार सहयोग गर्न अपिल गरिरहेका छन् ।

    यही मेसोमा अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक संजालमा भिडिओ सन्देश जारी गर्दै महामारीले प्रभावित फिल्म प्राविधिकलाई सहयोगका लागि आग्रह गरेकी छिन् । गच्छेअनुसार आर्थिक एवं अन्य सहयोग गर्न स्वस्तिमाको आग्रह छ । उनले जारी गरेको भिडियोपछि धेरैले प्राविधिकहरुलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

    भिडिओमा स्वस्तिमाले भनेकी छिन्, ‘यतिबेला हामी असामान्य परिस्थितिमा छौं । यस्तो बेला सरकारको प्राथमिकतामा चलचित्र क्षेत्र पर्न सकेको छैन । कोरोनाका कारण अहिले चलचित्रहरु बनिरहेका छैनन् । जसले गर्दा सबैभन्दा बढी समस्यामा चलचित्रमा काम गर्ने प्राविधिकहरु परेका छन् । प्राविधिकहरुलाई छाक टार्न समेत समस्या रहेको भन्ने समाचारहरु पढ्दा म निकै भावुक भएको छु ।’

    तीन सयमध्ये सय जना प्राविधिकको अवस्था अत्यन्त दयनीय रहेको जानकारी पाएपछि आफ्नो चिनजानका व्यक्ति र आफू आबद्ध ब्रान्डहरुलाई सहयोगका लागि आग्रह गरेको र सबैले सहयोग गर्ने प्रतिबद्धता जनाएको स्वस्तिमाले भिडिओमा बताएकी छिन् ।

    स्वस्तिमाले प्राविधिकहरुलाई सहयोग गर्न चाहनेले इसेवा आइडी ९८४१०१७७६४ या कुमारी बैंकको डिजिटल क्यूआर कोर्डमार्फत् सहयोग पठाउन सक्ने बताएकी छन् ।

    ‘सबै प्राविधिकहरुलाई उस्तै समस्या नहुनसक्छ । विशेषगरी स्पट ब्वाईहरुलाई समस्या छ । उहाँहरुले थोरै पारिश्रमिकमा काम गर्नुहुन्छ । फिल्ममा काम गर्दा म उहाँहरुसँग एकदमै क्लोज पनि हुन्छु । उहाँहरुले हामीलाई बिहान उठाउनेदेखि चिया/खाना ल्याइदिनेसम्मको काम गर्नुहुन्छ । यो बेला हामीले उहाँहरुलाई सानो सहयोग गर्न सक्यौं भने पनि ठूलो हुन्छ,’ उनले भनेकी छन् ।

    हेर्नूस भिडिओ :

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.