सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्तरजातीय विवाह गर्ने जोडी विस्थापित


  •    /२६ असार २०७६, बिहीबार १३:१० 
  • जाजरकोट । अन्तरजातीय विवाह गरेका जुनीचाँदे गाँउपालिका–५ गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाउँकी ज्योति शाह चार वर्षदेखि जिल्ला सदरमुकाम खलङ्गामा विस्थापित जीवन बिताइरहेका छन् ।

    ठकुरीकी छोरी, दलितसँग विवाह गरेको भन्दै माइतीपक्षको धम्कीले उनीहरु विवाह गरेको चार वर्षसम्म पनि आफ्नो घरमा जान पाएका छैनन् । सदरमुकामस्थित भाडाको कोठामा उनीहरुले गुजारा चलाइरहेका छन् । माथिल्लो जातका भनिने माइतीपक्षका शाह ठकुरीको धम्कीका कारण उनीहरु विस्थापित जीवन बिताउन बाध्य भएका हुन् । दलितले ठकुरीकी छोरी विवाह गरेका कारण माइतीपक्षको मात्र होइन, उनीहरु सामाजिक बहिष्करणमा परेका छन् । यहाँ अहिले पनि जातीय छुवाछूत कायमै छ ।

    विसं २०६७ मा गणेश १७ वर्षका थिए । ज्योति १५ वर्षकी । त्यतिखेर तिनीहरुबीच प्रेम बस्यो । उनीहरुबीच गहिरो मायाप्रेम बसेपछि गणेशले २०६७ असार २९ गते ज्योतिलाई भगाएर घर ल्याए । तल्लो जातको केटासँग बिहे गरेको भन्दै तत्काल माइतीपक्षले ज्योतिलाई खोसेर लगे । गणेशलाई कुटपिट गरे । परिवारलाई धम्क्याए । फेरि फर्केर हेरे बालविवाहको मुद्दा लगाउने र ज्यानै लिने धम्की दिएपछि गणेश केही समय पछि हटे । तर, उनीहरुबीचको प्रेमलाई न त जातले रोक्न सक्यो न ज्योतिका आमाबुबाको धम्कीले नै ।

    उनीहरु उमेर पुगेपछि पुनः २०७२ कात्तिक ९ गते सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै गाउँबाट भागेका थिए । उनीहरु भागेर कैलालीको धनगढी गएर केही समय बसे । यता माइतीपक्षले गणेश र उनका बुबा कमारा चदाराविरुद्ध रु आठ लाख ५० हजार चोरी गरेको आरोपसहित इलाका प्रहरी कार्यालय गर्खाकोटमा मुद्दा दर्ता गराए । गणेशको घरमै गएर ढुङ्गामुढा गर्दै एक हप्ताभित्र छोरीलाई नल्याए जे पनि हुनसक्छ भन्दै धम्क्याएको उनीहरुको भनाइ छ ।

    प्रहरीले गणेशका बुबालाई पक्राउ गर्यो । छोरालाई खोजेर ल्याउँछु भनेपछि प्रहरीले कमारालाई छोडिदियो । उनले छोराबुहारीलाई जिल्ला सदरमुकाम खलङ्गा बोलाए । गणेश धनगढीबाट खलङ्गा आए । सुरक्षाका कारण देखाउँदै गर्खाकोट जान नसक्ने बताएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालयमै बयान लियो । दुवै पक्षको बयानका आधारमा ज्योतिका बुबा उत्तम शाहले चोरी गरेको भनी दर्ता गराएको मुद्दा झुटा ठहर भएको उनीहरुको भनाइ छ ।

    प्रहरीले पनि उमेर पुगेका केटाकेटीको मनचित्त लागेर बिहे गरे अरुले हस्तक्षेप गर्न नहुने बताउँदै दुवै पक्षलाई मिलापत्र गर्न आग्रह गर्यो, तर माइतीपक्षकाले मिलापत्र गर्न मानेनन्, फर्केर गए । गाउँ गए उनीहरुको सम्बन्धविच्छेद गराउने र जतिखेर पनि आक्रमण हुनसक्ने डरले आफूहरु गाउँ जान नसकेको गणेशले बताउनुभयो । गाउँकै शिवपुरी माध्यमिक विद्यालयमा दुवै अध्ययन गर्थे । ११ कक्षा दुवै पास भयौँ तर, १२ कक्षाको परीक्षा दिन पाएर्नौँ, गणेशको भनाई छ, “१२ कक्षाको परीक्षा आवेदन फारम भरे पनि माइतीपक्षको धम्कीका कारण परीक्षा दिन पाएनौँ ।” गाउँमै रहेको विद्यालयमा अध्ययनरत उनीहरु माइतीपक्षको धम्कीका कारण दुईपटक परीक्षा छुटाइसकेका छन् ।

    विद्यालयले स्थानान्तरणसमेत नगरिदिएपछि उच्च शिक्षा पढ्ने धोको पूरा हुन नसकेको उनीहरुले गुनासो गरे । सदरमुकाममा खान बस्न समस्या भएपछि गणेशले ज्याला मजदुरी गर्छन् भने ज्योतिले सदरमुकाममै सानो घुम्तीमा खुद्रा पसल राखेकी छन् । “जेनतेन गुजरा चलेको छ”, गणेशले भन्नुभयो, “गाउँमा जान पाएको भए खेतीकिसानी गरेर जहान केटाकेटी पाल्थेँ, अहिले म साह्रै समस्यामा छु ।” यस अवधिमा उनीहरुका दुई छोरीको जन्मसमेत भइसकेको छ । तर अझै पनि माइतीपक्षको मन पग्लिएको छैन ।

    “अरु हामीलाई मतलव छैन । हाम्रो छोरी मरीसकी । तिनीहरु फर्केर हाम्रो गाउँमा नआउन, आए राम्रो हुँदैन भन्नुहुन्छ रे बाबामम्मीले, मैले के बिगारेकी छु र ? प्रेम गर्नु पाप हो र ?” ज्योति भन्नुहुन्छ, “अहिलेको एक्काइसौँ शताब्दीमा पनि जातभातको कुरा गरेर मलाई सामाजिक बहिष्कार गरे । म के गरुँ ?” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता
    कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’
    निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
    • सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम
    • बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
    • प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट
    • झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.