सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ६ महिनामा ५३ मानवअधिकार उल्लंघनका घटना


  •    /२० असार २०७६, शुक्रबार १६:३८ 
  • भरतपुर ।
    जिल्लामा ६ महिनाको अवधिमा ५३ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले शुक्रबार उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

    प्रतिवेदन सार्वजनिक गर्दै इन्सेक प्रतिनिधि दिपेन्द्र अधिकारीले अघिल्लो वर्षको सोही अवधिमा भन्दा अहिले मानवअधिकार उलंघनका घटनाहरु बढ्दै गएको बताउनु भयो । अघिल्लो वर्षको यसै अवधिमा ४५ वटा मानवअधिकार उल्लंघनका घटना भएका थिए ।

    बि.सं.२०७५ पुस १७ गतेदेखि ०७६ असार १७ गतेसम्मको ६ महिनाको अवधिमा जिल्लामा सबैभन्दा धेरै यौनजन्य हिंसाका घटनाहरु भएका छन् । प्रतिवेदन अनुसार ३० वटा घटना यौनजन्य हिंसाका छन् । जसमा बालिका बलात्कारका १७, बाल यौनदुव्र्यवहारका चार, महिला बलात्कारका ७, महिला बलात्कार प्रयासका दुई घटना रहेका छन् ।

    यसैगरी जातीय विभेदका तीन, घरेलु हिंसाका ६, बालिका बेचबिखनका १, महिला बेचबिखनका १ र बहुविवाहका ८ घटना भएको अधिकारीले जानकारी दिनुभयो ।

    संकलित घटनाको समीक्षा कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले कानुनको पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा समस्या देखिएको बताउनु भयो । कानुनहरु देखाउनका लागि मात्रै नभई प्रयोगका लागि बनाईएको बताउँदै उहाँले कानुनहरु पूर्ण रुपमा कार्यान्वयनमा आएमा यस्ता घटना न्यूनिकरण हुने बताउनुभयो ।

    कार्यक्रममा पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, अधिवक्ताहरु कल्पना उप्रेती, मुकुन्द दाहाल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोईराला, विजय विश्वकर्मालगायतले मानव अधिकार उल्लंघनका घटना बढ्दै जानु दुःखद् भएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन
    राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
    पर्यटकका आर्कषणमा ऐना पहरा
    • बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर
    • धापखर्कका १३ घरमा पानीको अभाव
    • सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव
    • नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.