भरतपुर । जिल्लामा ६ महिनाको अवधिमा ५३ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले शुक्रबार उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
प्रतिवेदन सार्वजनिक गर्दै इन्सेक प्रतिनिधि दिपेन्द्र अधिकारीले अघिल्लो वर्षको सोही अवधिमा भन्दा अहिले मानवअधिकार उलंघनका घटनाहरु बढ्दै गएको बताउनु भयो । अघिल्लो वर्षको यसै अवधिमा ४५ वटा मानवअधिकार उल्लंघनका घटना भएका थिए ।
बि.सं.२०७५ पुस १७ गतेदेखि ०७६ असार १७ गतेसम्मको ६ महिनाको अवधिमा जिल्लामा सबैभन्दा धेरै यौनजन्य हिंसाका घटनाहरु भएका छन् । प्रतिवेदन अनुसार ३० वटा घटना यौनजन्य हिंसाका छन् । जसमा बालिका बलात्कारका १७, बाल यौनदुव्र्यवहारका चार, महिला बलात्कारका ७, महिला बलात्कार प्रयासका दुई घटना रहेका छन् ।
यसैगरी जातीय विभेदका तीन, घरेलु हिंसाका ६, बालिका बेचबिखनका १, महिला बेचबिखनका १ र बहुविवाहका ८ घटना भएको अधिकारीले जानकारी दिनुभयो ।
संकलित घटनाको समीक्षा कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले कानुनको पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा समस्या देखिएको बताउनु भयो । कानुनहरु देखाउनका लागि मात्रै नभई प्रयोगका लागि बनाईएको बताउँदै उहाँले कानुनहरु पूर्ण रुपमा कार्यान्वयनमा आएमा यस्ता घटना न्यूनिकरण हुने बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, अधिवक्ताहरु कल्पना उप्रेती, मुकुन्द दाहाल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोईराला, विजय विश्वकर्मालगायतले मानव अधिकार उल्लंघनका घटना बढ्दै जानु दुःखद् भएको बताउनुभयो ।
भरतपुर ।
जिल्लामा ६ महिनाको अवधिमा ५३ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले शुक्रबार उक्त तथ्यांक सार्वजनिक गरेको हो ।