देशले केपी ओलीको विकल्प खोजेको छ : वरिष्ठ नेता पौडेल
/२० असार २०७६, शुक्रबार १२:२३
चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले प्रधानमन्त्री केपी ओलीको विकल्प खोजेको बताउनु भएको छ । नेपाल प्रेस युनियन चितवनले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले त्यसको विकल्प कांग्रेसले दिन सक्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “त्यो विकल्प कम्युनिष्टबाट हुन सक्दैन अब काँग्रेस तयार हुनु पर्छ ।” जनताको अगाडी भरोसाको रुपमा काँग्रेसलाई अगाडी बढाउनु पर्ने भन्दै उहाँले संसदको अंक गणितले सरकार परिवर्तन गर्न केही फरक नपार्ने बताउनुभयो । उहाँले भन्नुभयो “संख्या प्राविधिक विषय हो, नेपाली काँग्रेसको जनाधार र भूमिका महत्वपूर्ण भएकाले अंक गणितले असर पार्दैन ।”
सरकारले आफ्ना पक्षधरलाई मात्र पक्षपोषण गरेर विपक्षीलाई वेवास्था गरेको आरोप पौडेले लगाउनु भयो । देशलाई सुशासन र सम्बृद्धिको बाटोमा सरकारले हिडाउन नसकेको आरोप लगाउँदै उहाँले सरकार असफलता तर्फ गएको दावी गर्नुभयो ।
फरक प्रसंगमा उहाँले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्व कांग्रेसले खोज्नु पर्ने बताउनु भयो । उहाँले त्यस्तो सहमति भएमा आफुले नेतृत्वको दावी नगर्ने पनि बताउनु भयो ।
पार्टी भित्र सुधार र परिवर्तन आवश्यक रहेको बताउदै उहाँले समयमानै महाधिवेशन गर्नु पर्नेमा जोड दिनु भयो । पौडेलले भन्नुभयो “म नहुँदा पनि एकता हुन सक्छ । जसमा एकता हुन्छ छलफलबाट त्यसैलाई नेतृत्व दिनु पर्छ ।” पार्टीमा सुधार र परिवर्तनको आवश्यकता रहेको भन्दै पौडेलले त्यसका पक्षधरहरुसँग छलफल भईरहेको जानकारी दिनु भयो ।
पार्टीले प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्नुपर्ने भन्दै उहाँले यस विषयमा पार्टी भित्र छलफल भईरहेको बताउनु भयो । काँग्रेसलाई बलियो बनाउन तलैबाट संगठन मजबुत बनाएर लैजानु पर्ने पौडेलको भनाई थियो ।
चितवन ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले प्रधानमन्त्री केपी ओलीको विकल्प खोजेको बताउनु भएको छ । नेपाल प्रेस युनियन चितवनले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले त्यसको विकल्प कांग्रेसले दिन सक्नुपर्ने बताउनुभयो ।