सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देशले केपी ओलीको विकल्प खोजेको छ : वरिष्ठ नेता पौडेल


  •    /२० असार २०७६, शुक्रबार १२:२३ 
  • चितवन ।
    नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले प्रधानमन्त्री केपी ओलीको विकल्प खोजेको बताउनु भएको छ । नेपाल प्रेस युनियन चितवनले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले त्यसको विकल्प कांग्रेसले दिन सक्नुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो “त्यो विकल्प कम्युनिष्टबाट हुन सक्दैन अब काँग्रेस तयार हुनु पर्छ ।” जनताको अगाडी भरोसाको रुपमा काँग्रेसलाई अगाडी बढाउनु पर्ने भन्दै उहाँले संसदको अंक गणितले सरकार परिवर्तन गर्न केही फरक नपार्ने बताउनुभयो । उहाँले भन्नुभयो “संख्या प्राविधिक विषय हो, नेपाली काँग्रेसको जनाधार र भूमिका महत्वपूर्ण भएकाले अंक गणितले असर पार्दैन ।”

    सरकारले आफ्ना पक्षधरलाई मात्र पक्षपोषण गरेर विपक्षीलाई वेवास्था गरेको आरोप पौडेले लगाउनु भयो । देशलाई सुशासन र सम्बृद्धिको बाटोमा सरकारले हिडाउन नसकेको आरोप लगाउँदै उहाँले सरकार असफलता तर्फ गएको दावी गर्नुभयो ।

    फरक प्रसंगमा उहाँले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्व कांग्रेसले खोज्नु पर्ने बताउनु भयो । उहाँले त्यस्तो सहमति भएमा आफुले नेतृत्वको दावी नगर्ने पनि बताउनु भयो ।

    पार्टी भित्र सुधार र परिवर्तन आवश्यक रहेको बताउदै उहाँले समयमानै महाधिवेशन गर्नु पर्नेमा जोड दिनु भयो । पौडेलले भन्नुभयो “म नहुँदा पनि एकता हुन सक्छ । जसमा एकता हुन्छ छलफलबाट त्यसैलाई नेतृत्व दिनु पर्छ ।” पार्टीमा सुधार र परिवर्तनको आवश्यकता रहेको भन्दै पौडेलले त्यसका पक्षधरहरुसँग छलफल भईरहेको जानकारी दिनु भयो ।

    पार्टीले प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्नुपर्ने भन्दै उहाँले यस विषयमा पार्टी भित्र छलफल भईरहेको बताउनु भयो । काँग्रेसलाई बलियो बनाउन तलैबाट संगठन मजबुत बनाएर लैजानु पर्ने पौडेलको भनाई थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.