सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाही


  •    न्युजभित्तो/९ जेष्ठ २०७८, आईतवार १५:५१ 
  • सिन्धुली, ९ जेठ । कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रशासनले निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेकका सबै सेवा बन्द रहने भए पनि निषेधाज्ञा उल्लङ्घन गर्नेको सङ्ख्या भने बढ्दो छ ।

    निषेधाज्ञाको समयमा खाद्यान्न, तरकारी, डेरी, फलफूल बाहेकका सबै पसल बन्द गर्ने, अत्यावश्यक बाहेकका सबै सवारी चल्न नपाउने निर्णय प्रशासनले गरे पनि दैनिक रूपमा निषेधाज्ञा उल्लङ्घन गर्ने बढेपछि उनीहरूलाई कारबाही गर्दै आएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार निषेधाज्ञाको उल्लङ्घन गर्ने ५०४ सवारी कारबाहीमा परेका छन् । “विभिन्न बहाना बनाई सवारीमा अनावश्यक रूपमा हिँड्डुल गर्ने सवारी नियन्त्रणमा लिई पहिलो पटक सम्झाईबुझाई ट्राफिक नियमअनुसार जरिवाना गरेर छाडेका छाँै”, उहाँले भन्नुभयो ।

    हालसम्म जिल्लाका विभिन्न ठाउँबाट निषेधाज्ञा अवज्ञा गरी चलाउने चारपाङ्ग्रे सवारी साधन ७६ र मोटरसाइकल ४२८ कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनुभयो ।

    निषेधाज्ञा उल्लङ्घन गर्नेमध्ये १७ अटो र ६३ मोटरसाइकलका कागजात नभएकाले ट्राफिक नियमअनुसार कारबाही गरिएको उहाँको भनाइ छ । यस अवधिमा निषेधाज्ञा उल्लङ्घन गरी हिँड्डुल गर्ने, सार्वजनिक स्थानमा हिँड्डुल गर्दा मास्क नलगाउने ४९२ जनालाई समेत होल्ड गरी सम्झाईबुझाई छाडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    यस अवधिमा पसल, होटेल सञ्चालन गर्ने १३ जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको पनि उहाँले जानकारी दिनुभयो । जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३५ पुगेको छ । सोमध्ये १३३ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोनाका कारण दोस्रो लहरमा १३ जनाले ज्यान गुमाउनु परेको छ । सङ्क्रमितमध्ये ७७६ होम आइसोलेशनमा रहेका छन् भने २८ जना संस्थागत आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.