सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मौसम अनुकूल भएसँगै आरोही शिखरतर्फ


  •    न्युजभित्तो/९ जेष्ठ २०७८, आईतवार १४:२४ 
  • सोलुखुम्बु, ९ जेठ । मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखरतर्फ हिँडेका छन् । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा आधारशिविर र शिविर–२ मा रहेका अधिकांश आरोही आज शिखरतर्फ लागेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँका अनुसार आज बिहानदेखि सगरमाथा आरोहण जारी छ । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा गत वैशाख २९ गतेयता आरोहण हुन सकेको थिएन । सगरमाथा आधारशिविरमा रहनुभएका पर्यटन विभागका सम्पर्क अधिकृत श्रेष्ठका अनुसार आज एकै दिन करीब २०० आरोही चौथो शिविरबाट शिखरतर्फ लागेका छन् । उहाँका अनुसार अहिले आरोहण भइरहेको भए पनि के कतिले आरोहण गरे भन्ने विवरण प्राप्त भएको छैन ।

    शेर्पा आरोही समूहले गत वैशाख २४ गते शिखरसम्मको बाटो बनाएपछि यस वर्षको वसन्त यामको आरोहण शुरु भएको थियो । वैशाख २८ र २९ गते करीब १७० आरोही सगरमाथा शिखरमा पुगे पनि त्यसपछि आरोहण रोकिएको थियो ।

    अब झण्डै एक हप्ता मात्रै आरोहणका लागि मौसम अनुकूल हुने भएकाले मौसम खुल्नसाथ आरोही शिखरतर्फ लागेका आरोहणमा जानुभएका क्लाइम्बिङ गाइड पेम्बादाबा शेर्पाले बताउनुभयो । यस वर्ष सगरमाथा आरोहणका लागि ४०८ ले अनुमति लिएका छन् ।

    अनुमति लिएकै सङ्ख्याभन्दा केही बढी उनीहरुका सहयोगीसमेत हुने भएकाले यस वर्ष सगरमाथा आरोहणका लागि ८५० भन्दा धेरैको तयारी छ ।

    वसन्तयामको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म एक नेपाली गाइडसहित तीनजनाको मृत्यु भएको छ । आरोहण सकेर फर्कने क्रममा स्वीजरल्यान्डका अब्दुल वारिचको साउथ समिटमा मृत्यु भएको थियो भने शिखरतर्फ जाँदै गरेका अमेरिकन नागरिक पुवई लिउको चौथो शिविरमा बिरामी भएर तल झार्ने क्रममा मृत्यु भएको थियो ।

    यस्तै क्याम्प १ र २ को खर्पासमा परेर एक नेपाली गाइडको मृत्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.