सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाको कहर : तमोर कोरिडोर निर्माण कार्य स्थगन


  •    न्युजभित्तो/९ जेष्ठ २०७८, आईतवार ११:२२ 
  • फुङ्लिङ, ९ जेठ । दुई छिमेकी राष्ट्र जोड्ने राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ इलाडाँडा पुगेर निर्माण कार्य स्थगित भएको छ । कोभिडका कारणले आवश्यक सामग्री ढुवानी गर्न समस्या भएकाले गत हप्तादेखि स्थगित गरिएको हो ।

    कोभिड—१९को सङ्क्रमणका कारण निषेधाज्ञा लागु भएपछि कोरिडोरको काम गर्न आवश्यक सामग्री ल्याउन नसकिएकाले निर्माण कार्य स्थागित गरिएको एलाइट निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले बताउनुभयो । सात वटा स्काभेटरले ट्र्याक खोल्ने कार्य गर्दै आएकामा बिर्तामोडदेखि निषेधाज्ञाका समयमा डिजेल ढुवानी गर्न समस्या भएपछि स्थगित गर्नुपरेको निर्माण कम्पनीले जनाएको छ ।

    चीनसँग सडक सञ्जाल जोड्न चार किमी बाँकी

    तमोर कारिडरले छिमेकी दुई देश चीन र भारतलाई जोड्ने छ ।यस करिडोरमा चार किलोमिटर ट्र्याक खुल्न बाँकी रहेको उत्तर–दक्षिण लोकमार्गका सूचना अधिकारी तथा इन्जिनीयर माधव पौडेलले बताउनुभयो । विस्फोटक पदार्थको प्रयोगले कडा चट्टान फोरेर ट्र्याक खोलिएको छ । अब कडा पहाड खोल्नु पर्ने धेरै कार्य नभएको कम्पनीका प्रतिनिधि लामिछानेले बताउनुभयो । सबै प्रक्रिया पूरा गरेर आगामी असार मसान्तअगाडि नै चीनसँग सडक सञ्जालले जोड्न लक्ष्य रहेको तर कोभिडले असर गरेको इन्जिनीयर पौडेलले बताउनुभयो ।

    चीनदेखि ओलाङचुङ्गोला हुँदै गैरीपाटीसम्म ३५ किलोमिटर लम्बाइ ट्र्याक खुलिसकेको छ । गैरीपाटीदेखि इलाडाँडासम्म ४ किलोमिटर दूरी ट्र्याक खुल्न बाँकी रहेको हो । सुनसरीको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङ जिल्लाको फक्ताङ्लुङ–७ ओलाङचुङ्गोला हुँदै प्रत्यक्ष चीनसँग सडक सञ्जालले जोड्ने आयोजना अहिले इलाडाँडामा क्षेत्रमा पुगेर रोकिएको हो ।

    तीन सय १४ किलोमिटर सडकले छिमेकी मुलुक भारत र चीन प्रत्यक्ष सडक सञ्जालले जोडिने पौडले बताउनुभयो । चीन र नेपालको सीमा टिप्ताला नाका जोड्ने तमोर कोरिडोरको ट्र्याक निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको हो । यो सडकखण्डमा विभिन्न आकारका १० वटा मोटरेबल पुल निर्माण हुनेछन् । विसं २०६५ मा सडक निर्माण शुरु गरिएको थियो । त्यतिखेर यो सडक उपभोक्ता समिति गठन गरी निर्माण थालिएको थियो ।

    विसं २०६७ मा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको थियो । भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलाई विकास गर्न लागिएको हो । यो सडक निर्माण गर्न अहिलेसम्म रु ४० करोड १९ लाख ७१ हजार खर्च भएको आयोजनाले जनाएको छ । यो सडक निर्माण सम्पन्न भएपछि भारततर्फ जोगबनी नाका र चीनतर्फ तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग नेपाल जोडिने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.