सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गैँडा तस्करीमा फरार प्रतिवादी पक्राउ


  •    न्युजभित्तो/९ जेष्ठ २०७८, आईतवार १०:२३ 
  • चितवन, ९ जेठ । गैँडा तस्करी गरेको अभियोगमा सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा चितनवको तत्कालीन सिद्धि गाविस–३ (हाल कालिका नगरपालि)का बस्ने बिन्द्रसिंह भन्ने सागर प्रजा रहेका छन् । उनलाई यही जेठ ७ गते पक्राउ गरिएको हो । प्रजालाई तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवाको ठुलेचौर भन्ने ठाउँबाट पक्राउ गरिएको हो ।

    उनले विसं २०६७ चैत २७ गते धोवाहा रतनी घाटमा भाले गैँडालाई गोली हानी खाग तस्करी गरेको अभियोगमा विशेष अदालतले १५ वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो ।

    उनलाई अदालतले विसं २०७४ फागुन १५ गते सो फैसला सुनाएको थियो । उनलाई गैँडा तस्करीसँगै चोरी शिकारीमा संलग्न तीन मुद्दामा दोषी ठहर भई फरार रहेको अवस्थामा पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा चार फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।

    ट्राफिक भवनको शिलन्यास

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको कार्यालय भवन शिलान्यास गरिएको छ । चितवनका प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालय परिसरमा बन्न लागेको नयाँ भवनको शिलान्यास गर्नुभएको हो । कार्यालय भवन प्रहरी कार्यालयको पछाडिपट्टि छ कोठाको बन्ने छ ।

    कार्यालय भवन यो आर्थिक वर्षमा डिपीसी मात्र तयार गरिने छ । डिपीसीका लागि रु ५१ लाख बजेट विनियोजन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख भगवानराज थापाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार भवनको अन्य बाँकी निर्माणको काम अर्को आवमा गरिने छ । भवन निर्माणका लागि यकिन बजेट विनियोजन भएको छैन । उहाँका अनुसार कति रकममा भवन निर्माण हुने भन्ने अहिले बजेट विनियोजन भइसकेको छैन ।

    आफ्नै भवन नहुँदा र लामो समय भाडामा कार्यालय सञ्चालन गर्नुपर्दा विभिन्न किसिमको समस्या हुने गरेको बताउँदै उक्त भवन निर्माणसँगै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने प्रमुख थापाले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.