सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसदीय व्यवस्था असफल भयो, जनमतसंग्रह भए सरकारमा जान्छौं : विप्लव


  •    न्युजभित्तो/८ जेष्ठ २०७८, शनिबार १३:५२ 
  • चितवन, ८ जेठ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झण्डै दुईतिहाइ जनमतसहित बनेको नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकै कारण संसद विघटन भएको बताएको छ । यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएरै संसदीय व्यवस्थाकै समस्या भएको उसले ठहर गरेको छ ।

    शनिबार महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने दाबी गरिएको छ। जनमतसंग्रहका लागि राजनीतिक राजनीतिक दलहरु तयार हुने भए त्यसका लागि संयुक्त सरकार बनाएर निकासका लागि आफ्नो पार्टी तयार रहेको समेत विज्ञप्तीमा उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ “राज्यको संकटलाई उचित निकास दिन संसदवादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नुपर्छ ।” आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद वा दलाल पूँजीवाद रोज्ने अधिकार जनमत संग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्ने विज्ञप्तिमा जनाईएको छ । अगाडि भनिएको छ “जनमतसंग्रहका लागि राजनीतिक दलहरु तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि तयार रहेको स्पष्ट पार्न चाहन्छौं ।”

    विप्लव नेतृत्वको नेकपाले वर्तमान राजनीतिक संकटलाई सरकारको मात्र असफलता बताउन नहुने भन्दै फेरि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु देशलाई अझै संकटमा धकेल्ने चाल भएको बताएको छ । (हेर्नुहोस् विज्ञप्ति)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.