सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थप ८ हजार ६०७ जनामा कोरोना पुष्टि, १७७ सङ्क्रमितको मृत्यु


  •    न्युजभित्तो/७ जेष्ठ २०७८, शुक्रबार २०:५८ 
  • काठमाण्डौं, ७ जेठ । थप आठ हजार ६०७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या चार लाख ९७ हजार ५२ पुगेको छ ।

    थप २३ हजार २२६ जनाको पिसिआर परीक्षण तथा ८७३ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । पिसिआर विधिबाट आठ हजार ४०७ तथा एन्टिजेनबाट २०० जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २८ लाख ७८ हजार १४६ पुगेको छ । हाल ९१२ सङ्क्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    हालसम्म तीन लाख ७४ हजार ८३६ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर सात हजार ८९० सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ७५ दशमलव चार प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर एक लाख १६ हजार १९२ सक्रिय सङ्क्रमित छन् ।

    काठमाडौँ उपत्यकामा दुई हजार ४४७ सङ्क्रमित थपिए

    काठमाडौँ उपत्यकामा पछिल्लो समय दुई हजार ४४७ सङ्क्रमित थपिएका छन् । ती काठमाडौँमा एक हजार ७५२, ललितपुरमा ४०० तथा भक्तपुरमा २९५ मा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको संख्य २२ हजार १९३ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ५० हजार १९३ निको भएका छन् भने एक हजार ३६७ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै ललितपुरमा हाल ६ हजार ८५६ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म २२ हजार ४३६ सङ्क्रमित निको भएका छन् भने कोरोनाबाट ३६३ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै भक्तपुरमा चा हजार ८६४ सक्रिय सङ्क्रमित छन् । निको हुनेको संख्या १२ हजार ६७८ रहेको छ भने २७१ सङ्क्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

    कोरोनाबाट थप १७७ सङ्क्रमितको मृत्यु

    पछिल्लो समय सङ्क्रमणबाट थप १७७ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार २४ पुगेको मन्त्रालयले जनाएको छ । बिहीबार कोरोनाबाट १९० सङ्क्रमितको मृत्यु भएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.