सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्राकृतिक चट्टान आरोहण संरक्षण गर्न माग


  •    न्युजभित्तो/७ जेष्ठ २०७८, शुक्रबार १४:५३ 
  • दमौली, ७ जेठ । तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रहेको चुनपहरा प्राकृतिक चट्टान आरोहण संरक्षण गर्न स्थानीयवासीले माग गरेका छन् । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडक बिस्तारका क्रममा चट्टान आरोहण मासिने भएपछि स्थानीयवासीले यसको संरक्षणका लागि माग गरेका हुन् ।

    नेपाल खेलकुद महासङ्घका महासचिव मेखराज पौडेलको पहल र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेको समन्वयमा स्थानीयवासी, खेलसँग सम्बन्धित सङ्घसंस्था र खेलाडीको भर्चुअल बैठकबाट नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष महेन्द्र रिजालको संयोजकत्वमा विमलनगर चुनपहरा प्राकृतिक चट्टान आरोहण संरक्षण समिति गठन गरिएको छ । समितिमा स्थानीयवासी लालकुमार श्रेष्ठ, प्रेम गुरुङ र सम्बन्धित वडाका प्रतिनिधि सदस्य रहनुभएको छ ।

    उक्त समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै साहसिक खेलकुदका रुपमा रहेको चट्टान आरोहणलाई संरक्षण गर्न माग गरेको छ । प्रमुख जिल्ला अधिकारीमार्फत् बुझाइएको ज्ञापनपत्रमा सडक विस्तारका क्रममा चुनपहरा क्षेत्र प्रत्यक्ष प्रभावित हुने भएकाले यस क्षेत्रको जोखिम न्यूनीकरण तथा वैकल्पिक नीति अवलम्बन गर्न आवश्यक रहेको ठहर गरिएको छ । राजमार्ग विस्तार योजनाअनुरुप सडकको मापदण्डअनुसार मध्यविन्दुबाट दायाँ र बायाँ २५÷२५ मिटर विस्तार गर्नका लागि चिन्ह लगाउने कार्य सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको सडक विस्तार अति आवश्यक रहेको भए पनि पृथ्वीराजमार्गसँगै जोडिएको यस क्षेत्रको संरक्षण हुनुपर्ने स्थानीयवासीको माग छ ।

    संरक्षण समितिले हाल कायम गरिएको सडक मापदण्डलाई आवश्यकता अनुसार घटाउन, आरोहण क्षेत्रपट्टिको मापदण्ड घटाएर खोलातर्फको मापदण्ड बढाउन र विमलनगरको पुलबाट पारी करिब १.५ किमिको वैकल्पिक ट्रयाक खोली नयाँ पुलहुँदै निस्कने सडक बनाउने विकल्प अगाडी सारेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.