लगातार सहयोग गर्दै लायन्स, आज तीन अस्पतालमा सामग्री हस्तान्तरण
न्युजभित्तो/७ जेष्ठ २०७८, शुक्रबार १४:३२
चितवन, ६ जेठ । लायन्स क्लब ईन्टरनेशनल ३२५ बी टु एरिया नं. ३ कोभिड दोस्रो लहरसँगै लगातार सहयोगमा जुट्दै आएको छ । क्लबले आज चितवनका तीन वटा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
क्लबले भरतपुर अस्पताललाई दुई थान र वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताललाई एक थान अक्सिजन हाईफ्लो मेसिन र बकुलहर रत्ननगर अस्पताललाई दुई थान अक्सिजन कन्सनटे«टर सहयोग गरेको छ । ती सामग्री लायन्स क्लब ईन्टरनेशनल ३२५ बी टु का ईलेक्ट गभर्नर रामप्रसाद भट्टको नेतृत्वको टोलीले तीन वटै अस्पतालमा पुगेर हस्तान्तरण गरेको हो ।
भरतपुर अस्पतालमा आयोजित कार्यक्रममा गभर्नर भट्टले अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीलाई सामग्री हस्तान्तरण गर्नुभयो । सो अवसरमा गभर्नर भट्टले आफूहरु निरन्तर सहयोगमा जुटिरहेको बताउँदै भन्नुभयो “हामी अहिले मुख्य रुपमा अक्सिजन र अक्सिजनसँग सम्बन्धित उपकरण सहयोगमा लागेका छौं ।” कोभिड दोस्रो लहरसँगै अधिक संक्रमितलाई अक्सिजनको आवश्यकता परेको महसुस गरेर नै यस्ता उपकरण हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।
सो अवसरमा पूर्व डिष्ट्रिक गभर्नर राजकुमार श्रेष्ठले लायन्स र आफन्तहरुबाट सहयोग संकलन गरेर सामग्री दिईदै आएको बताउनुभयो । उहाँले बेलायतबाट नेपाली कम्युनिटी युके, हेसका अध्यक्ष भरतकुमार श्रेष्ठको नेतृत्वमा १४ लाख ३३ हजार ७३० रुपैयाँ र अमेरिकाबाट सुप्रिया श्रेष्ठको नेतृत्वमा ७ लाख ४४ हजार ७३९ रुपैयाँ गरी २१ लाख ७८ हजार ४६६ रुपैयाँ लायन्सलाई सहयोग प्राप्त भएको जानकारी दिनुभयो । पूर्व गर्भनर श्रेष्ठ र जोन चेयर पर्सन दुर्गालक्ष्मी श्रेष्ठको पहलमा विदेशमा रहेका उहाँहरुका आफन्तहरुको पहलमा उक्त रकम संकलन भएको हो ।
कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. अधिकारीले लायन्सले निरन्तर सहयोग गर्दै आएको बताउँदै लायन्सको सहयोगपछि यसैलाई देखेर अरु सहयोग पनि थपिएको बताउँनुभयो । उहाँले भन्नुभयो “लायन्सले सहयोग गरेपछि के सहयोग चाहिन्छ भन्ने धेरै फोन आएको छ, यसको जस पनि लायन्सलाई नै जान्छ ।”
कोभिड प्रोटेक्सन डिष्ट्रिक कोर्डिनेटर सिद्धार्थलाल चुकेले सञ्चालन गर्नुभएको कार्यक्रममा अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.जगन्नाथ तिवारी, उद्योग वाणिज्य संघ नारायणगढका अध्यक्ष राजु श्रेष्ठ, लायन्सका डिष्ट्रिक कोअर्डिनेटर दिननाथ न्यौपाने, डिष्ट्रिक कोअर्डिनेटर नवराज सापकोटा, डिपार्टमेन्ट चिफ राजेन्द्र कँडेल, जोन चेयर पर्सन दुर्गालक्ष्मी श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
यसैगरी क्लबको सोही टिमले वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक डा. देजकुमार गौतम र उपनिर्देशक डा.कृष्णसागर शर्मालाई सामग्री हस्तान्तरण गरेको छ । यस्तै बकुलहर रत्ननगर अस्पतालमा व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्य र डा.निष्श्चल मास्केलाई सामग्री हस्तान्तरण गरेको छ ।
यस अघि क्लबले हिजो ईच्छाकामना गाउँपालिकालाई मनिटर र कन्सनट्रेटर सहयोग गरेको थियो ।
लायन्स क्लब ईन्टरनेशनल ३२५ बिटु एरिया नं. ३ का क्लब तथा लायन्सहरुबाट कोभिड क्याम्पियन गरी संकलित रकमबाट सामग्री खरिद गरी सामग्री हस्तान्तरण गरिंदै आएको छ । क्लबले १७ लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री खरिद गरी वितरण गरिरहेको छ ।
यस अघि रु. १८ लाख बराबरका स्वास्थ्य सामग्री खरिद गरी भरतपुर अस्पताल, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र मध्यविन्दु अस्पताल कावासोतीलाई उपलब्ध गराईसकेको छ ।
लायन्सले कालिबाहादुर गण भरतपुरलाई एक महिनाका लागि शव वहान समेत उपलब्ध गराईसकेको छ । उक्त शव वहानमा निःशुल्क शवलाई गन्तव्यमा पु–याईदै आएको छ ।