सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लिफ्ट प्रणालीबाट खानीपानी


  •    न्युजभित्तो/७ जेष्ठ २०७८, शुक्रबार १४:२८ 
  • डोटी, ७ वैशाख ।  शिखर नरपालिका–६ चुडी गाउँको खानेपानीको समस्या समाधान भएको छ । उक्त गाउँमा वर्षौ पहिलेदेखि खानेपानीको समस्या भएपछि नगरपालिकाले लिफ्ट प्रविधिको खानेपानी योजनामार्फत नागरिकका लागि शुद्ध खानेपानीको व्यवस्था मिलाएको छ । ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना र नगरपालिकाको संयुक्त लगानीमा रु ३६ लाख ३४ हजार ८८८ को लागतमा उक्त लिफ्ट खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो ।

    आयोजना निर्माण भएसँगै वर्षौँदेखिको खानेपानीको समस्याबाट स्थानीयवासीले मुक्ति पाएका छन् । चुडी गाउँमा लिफ्ट प्रविधिको खानेपानी योजना निर्माण भई धारामा पानी आउन थालेपछि पानीका लागि एक घण्टा पैदल हिँड्नुपर्ने यहाँका नागरिकको समस्या समाधान भएको स्थानीयवासी डिल्लीराज फुलाराले बताउनुभयो ।

    उक्त खानेपानी आयोजनाबाट स्थानीय ७० घर परिवार र एउटा स्कुलले सुविधा पाएका छन् । गाउँको बस्ती भन्दा कम्तिमा पनि २८२ मिटर तल रहेको मुहानबाट लिफ्ट प्रविधिबाट तानेको पानीलाई ट्याङ्कीमा भण्डारण गरी वितरण गरिएको उक्त खानेपानी उपभोक्ता समितिका अध्यक्ष टीका फुलाराले बताउनुभयो । उहाँका अनुसार उक्त आयोजनाअन्तर्गत गाउँ भरमा १२ धारा निर्माण गरिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.