सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुँदै


  •    न्युजभित्तो/७ जेष्ठ २०७८, शुक्रबार १४:१७ 
  • सिन्धुपाल्चोक, ७ जेठ। सभामुख अग्निप्रसाद सापकोटाका विशेष पहलमा जिल्ला अस्पताल चौतारामा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ ।

    कोभिड –१९ को दोस्रो लहरका कारण जिल्लामा कोभिड संक्रमितको संख्या बढ्दै जाँदा उपचारका लागि अक्सिजनको चरम अभाव भएपछि अस्पतालको मागअनुसार स्वास्थ्य तथा जनसङ्ख्या र अर्थ मन्त्रालयसँगका समन्वयमा सभामुखले अक्सिजन प्लान्ट स्थापनाका लागि विशेष पहल गर्नुभएको हो ।

    दुवै मन्त्रालयमा पत्राचार एवं समन्वय गरी प्लान्ट स्थापनाको काम अघि बढेको सभामुखको सचिवालयले जनाएको छ । जिल्ला अस्पताल र अरु स्वास्थ्य संस्थामा अक्सिजनको चरम अभावपछि अस्पतालले तत्काल अक्सिजन प्लान्टको स्थापनाको आवश्यकता भएकाले स्वास्थ्य सेवा विभागसँग माग गर्दै पत्राचार गरेको थियो ।

    जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले तत्काल दुई हजार एन्टिजेन किट र बिरामीका लागि अक्सिजन उपलब्ध गराउन माग गरेको थियो । अबको केही सातामै अक्सिजन प्लान्ट स्थापना गर्ने कार्यले मूर्त रुप लिने सभामुखको सचिवालयले जिकिर गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.