सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निषेधाज्ञाका कारण मजदूरलाई समस्या


  •    न्युजभित्तो/७ जेष्ठ २०७८, शुक्रबार १३:५५ 
  • धनगढी, ७ जेठ । कैलालीको धनगढीमा अटो चलाएर गुजारा गरिरहेका हरिराम चौधरीलाई आजभोलि साँझ बिहानको छाक कसरी टार्ने भन्ने कुराको चिन्ताले सताउँछ ।

    जिल्लामा बढ्दो सङ्क्रमण र सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बढेपछि कोरोना रोकथामका लागी जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा लगाएको निषेधाज्ञाका कारण अटो रिक्सा नचल्दा दुई छोरी, एक छोरा र श्रीमतीसहित धनगढीमा डेरामा बस्दै आएका हरिरामलाई परिवारको खर्चको जोहो गर्न समस्या भएको हो । जारी निषेधाज्ञाका कारण आफूले गर्दै आएको काम बन्द भएपछि घरमा चामल सकिएको चामल पनि किन्न नसकेको र बाहिरबाट किनेर ल्याउने पैसा नभएको हरिरामले बताउनुभयो ।

    घरमा पाँच जनाको परिवार भएकाले दैनिक मजदूरी छुटेपछि अहिले रोगले भन्दा पनि भोकले आफूहरू मर्ने अवस्था आएको हरिरामले दुखेसो गर्नुभयो । प्रशासनले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेपछि हरिराम जस्तै काम नपाएर छाक टार्न नपाएका दैनिक ज्यालादारीमा काम गर्ने धनगढीकै अनिल सत्गौवा पनि जीविकोपार्जनकै समस्या भएको बताउनुहुन्छ । एकातिर कामधन्दा बन्द भएका कारण आम्दानी ठप्प भएको र अर्कोतिर बचतसमेत नहुँदा परिवारको पेट पाल्न समस्या हुन थालेपछि आफूलाई चिन्ता थपिएको अनिलले बताउनुभयो । “मेरो काम भएको छैन र मेरी श्रीमतीले ठेलामा चाट व्यवसाय गर्थिन् तर निषेधाज्ञाका कारण हामी दुई जनाकै काम बन्द भयो । दुबै जनाको आम्दानी बन्द भएपछि अहिले परिवारमा हातमुख जोर्न निकै समस्या भएको छ । यस्तै अवस्था भयो भने त रोगभन्दा भोकले मरिन्छ होला”, उहाँले भन्नुभयो । गर्मीयामको समयमा उखुको जुस बेचेर र त्यसपछि दैनिक मजदूरी गरेर पाँच जनाको परिवारको पेट पालिरहनु भएका श्याम विष्ट पनि निषेधाज्ञाका कारण छक टार्न समस्या हुन थालेको बताउनुहुन्छ ।

    परिवार पाल्ने माध्यम बनेको ठेला चलाउन नपाउँदा करीब दुई सातादेखि खानपिनमा समेत धौधौ परेको उहाँको भनाइ छ । “बिहान बेलुका हातमुख कसरी जार्ने होला भन्ने समस्याले सताइरहेकै बेला छोरा बिरामी भएकाले झन समस्या थपियो, उहाँ भन्नुहुन्छ, ‘‘अहिले मेरो परिवार भोक र रोगले ग्रस्त छ ।” दिनभरि परिश्रम गरी बिहान बेलुकाको छाक टार्दै आएका मजदूरहरु पोहोर साल बन्दाबन्दी हुँदा नगरपालिकाबाट राहत पाउँदा केही सजिलो भएको बताउँछन् ।

    यसपालि त्यस किसिमको राहत नपाउँदा अझै समस्या भएको उनीहरुको भनाइ छ । दैनिक काम गरेर गुजारा गर्दै आएका आफूहरूलाई करीब तीन सातादेखिको निषेधाज्ञाका कारण दुई छाक टार्न कठिन हुँदै गएकाले राज्यले राहतको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.