सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नदीमा पानीको बहाब बढेपछि पुल जोखिममा


  •    न्युजभित्तो/७ जेष्ठ २०७८, शुक्रबार १३:४७ 
  • बझाङ, ७ जेठ । सदरमुकाम चैनपुरको सेती नदीमा बनेको मोटर गुड्ने क्रस पुल छेउको पर्खाल भासिएको छ । पर्खाल भासिएसँगै क्रस मोटर पुल जोखिममा रहेको छ ।

    बुधबार रातिदेखि परेको अबिरल वर्षाका कारण सेती नदीमा पानीको बहाब बढेको र नदीले कटान शुरु गर्दा पर्खाल भासिएको हो । नदीमा पानीको बहाब बढेसँगै खोला छेउमा रहेको ग्याबिन जाली भासिएको र त्यसको असर पर्खालमा पनि परेको स्थानीय सडक पुर्वाधार विकास कार्यक्रमका प्राविधिक हरिशंकर जोशीले बताउनुभयो ।

    ग्याबिन जाली गएपछि सो पर्खाल भासिएको उहाँले बताउनुभयो । झण्डै रु आठ करोड लागतमा ७० मिटर लम्बाइको पानकोट पुल निर्माणको जिम्मा इलाइट कन्ट्रक्सनले पाएको थियोे । निर्माण कम्पनीले २०७५ चैत्रमा सम्झौता गरी २०७७ वैशाखमा निर्माण कार्य सम्पन्न गरिसक्ने सम्झौता गरेको भएतापनि विभिन्न बहाना गरी पुल २०७८ वैशाखमा निर्माण सम्पन्न गरेको थियो ।

    पुलको काम निर्माण कम्पनी इलाइट कन्ट्रक्सनले पाएको भएपनि ग्याविन जाली हाल्ने काम उपभोक्ता समितिले बनाएको थियो । पर्खाल भासिएपछि गाडी सञ्चालनमा ल्याउन सकस भएको यातायात व्यवसायी कैलाश खडकाले बताउनुभयो । सो पुलको निर्माण कार्य गत वैशाखमा निर्माण सम्पन्न भएकोे थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.