सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकतामा छ : उपप्रम पोखरेल


  •    न्युजभित्तो/७ जेष्ठ २०७८, शुक्रबार १३:४३ 
  • काठमाडौँ, ७ जेठ ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । स्थानीय टोखामा ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गर्दै उहाँले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकता रहेकाले सरकारले जिटुजी र बिटुबी जुनसुकै माध्यमबाट अक्सिजन प्लान्ट र खोप ल्याउनका लागि पहल गरिरहेको बताउनुभयो ।

    कोरोना महामारीको नियन्त्रणका लागि नेपाललाई विभिन्न देशको साथ र सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभयो । कोरोनाको त्रासबाट मुक्ति दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँको समग्र नेतृत्व गर्नुभएको बताउँदै उहाँले अहिले फैलिरहेका विभिन्न हल्ला र भ्रमको पछाडि नलाग्न सबैलाई आग्रह गर्नुभयो ।

    काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले सञ्चालन गरेको ८८ शय्याको आइसोलेशन केन्द्र निर्माणका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । आवश्यकतानुसार २०० शय्यासम्म सञ्चालन गर्न सकिने सो आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौंँ महानगरपालिकाले बजेटको व्यवस्था गरेको तथा नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएका छन् । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आइसोलेशन केन्द्र सञ्चालनमा आएपछि कोरोनाका बिरामीको उपचारमा थप राहत मिल्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.