सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना संक्रमितको शव व्यवस्थापनमा महिला सैनिक


  •    न्युजभित्तो/७ जेष्ठ २०७८, शुक्रबार १३:१५ 
  • जलेश्वर, ७ जेठ । महोत्तरी, जलेश्वर नगरपालिका –३ मलिवाराका कोरोना संक्रमित ८६ वर्षीय पुरुषको आज बिहान मृत्यु भयो । होम आइसोलेशनमै मृत्यु भएका उनको शव व्यवस्थापनका लागि आफन्तले जिल्ला प्रशासन कार्यालय, प्रहरी र सेनालाई खबर गरे । सो शव व्यवस्थापनमा नेपाली सेनाका महिला सैनिक खटिए ।

    जिल्ला प्रशासन कार्यालयका अनुरोधमा जलेश्वरस्थित नेपाली सेनाको रणभीम गणबाट महिला सैनिक टोलीले मलिवारास्थित रातो नदीमा हिन्दू परम्परानुसार शव व्यवस्थापन गरेको गणपति प्रमुख सेनानी शिवहरि केसीले बताउनुभयो ।

    महोत्तरीमा कोरोना संक्रमितको शव व्यवस्थापनमा यसअघि पुरुष सैनिक मात्रै खटिँदै आएकामा अब महिला सैनिक पनि खटिन थालेका हुन् । रणभीम गणले पहिलो पटक सहसेनानी आरती राना मगरका नेतृत्वमा पाँच महिला सैनिकलाई संक्रमितको शव व्यवस्थापनमा खटाएको हो । मृत्यु हुनेको संख्या बढेपछि महिला सैनिक टोलीलाई यो काम गर्न भ्याइनभ्याइ छ । होम आइसोलेशनमा मृत्यु भएकाहरूको प्लाष्टिक वा डेथ बडी ब्यागमा बेर्ने गर्ने काम उनीहरुले गर्छन् । जोखिमपूर्ण मानिएको सो काममा उनीहरु आफैंँ खटिने मात्रै होइन संक्रमितको शव कसरी व्यवस्थापन गर्ने भनी स्वास्थ्यकर्मीलाई तालीम पनि दिन्छन् ।

    महोत्तरीमा आजसम्म मृत्यु भएका ४६ मध्ये १३ जनाको शव व्यवस्थापन गणले शव व्यवस्थापन कार्यविधि २०७७ अनुसार गरेको रणभीम गणले जनाएको छ । प्रमुख सेनानी केसीले पुरुष, महिला तथा बालबालिकाको शव व्यवस्थापनका लागि तालिमप्राप्त महिला सैनिक खटाइएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.