सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले प्रतिपक्षमा बस्न तयार छ : पूर्वमन्त्री बस्नेत


  •    न्युजभित्तो/७ जेष्ठ २०७८, शुक्रबार १२:५० 
  • भक्तपुर, ७ जेठ। प्रतिनिधिसभाका सांसद एवम् पूर्वमन्त्री महेश बस्नेतले नेकपा (एमाले) प्रतिपक्षमा बस्न तयार रहेको बताउनुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी सरकार गठनका लागि आज अपरान्ह ५ः०० बजेसम्म संसद्मा बहुमत पुयाउन सक्ने कुनै पनि दललाई प्रधानमन्त्रीको दाबी गर्न आह्वान गर्नुभएपछि बस्नेतले आज सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिनुभएको हो ।

    एमालेका केन्द्रीय सदस्यसमेत रहनु भएका सांसद बस्नेतले राष्ट्रपति र प्रधानमन्त्रीलाई बिभिन्न आक्षेप तथा भ्रमपूर्ण टिप्पणी गर्नुभन्दा बहुमत सिद्ध गर्दै सरकारको नेतृत्व गर्न विपक्षी दललाई आग्रह गर्नु भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ७६ धारा (३) अनुसार विश्वासको मत लिन नसक्ने जानकारी मन्त्रीपरिषद्बाट नै निर्णय गराई राष्ट्रपतिलाई जानकारी गराएपछि राष्ट्रपतिले संविधानको ७६ (५) बमोजिम सरकार गठन गर्न आह्वान गरेको भन्दै उहाँले विपक्षी दलले बहुमतसिद्ध गरेर सरकारको नेतृत्व गरे एमाले प्रतिपक्षमा बस्न तयार रहेको बताउनुभयो । सांसद बस्नेतले भन्नुभयो, “सरकार र राष्ट्रपतिले संवैधानिक व्यवस्थाअनुसार नै सरकार गठनको आह्वान गर्नु भएको हो, यसलाई बङग््याएर भ्रम फैलाउने, गाली गलौच गर्ने गर्नुभन्दा बहुमत सिद्ध गरेर सरकारको नेतृत्व गरे भइगयो, एमाले प्रतिपक्षमा बस्न तयार छ ।”

    कांग्रेस, माओवादीलगायतका दलले बहुमत पु¥याएमा आफू प्रतिपक्षमा बस्न कुनै समस्या नहुने भन्दै सांसद बस्नेततले ओली नेतृत्व सरकारको विरुद्धमा मरिहत्ते गरेर लाग्ने पार्टीलाई विभाजन, फ्लोर क्रस, पार्टीको ह्विपविरुद्ध मतदान गर्ने तथा गर्न लगाउनेजस्ता गैरलोकतान्त्रिक गतिविधिको नेतृत्व कांग्रेस र माओवादीले गरेको आरोप लगाउनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.